• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गणतन्त्र दिवसको सान्दर्भिकता

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in नेपाली समाचार आजको, सम्पादकीय समाचार पृष्ठ
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज गणतन्त्र दिवस । संविधानसभाको निर्वाचनपछि बसेको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । त्यही घोषणाबाट करिब २४० वर्षको राजसंस्था बिदा भयो । गणतान्त्रिक शासन व्यवस्थाको १८ वर्ष पूरा भएको छ । राजा विस्थापित भएर राष्ट्रपतिको शासन चलिरहेको छ । आज १८ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट जनताको जीत भएको दिन हो, यो । नेपालमा गणतन्त्र स्थापना भएको १६ वर्ष पुरा भइसकेको छ । संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको पनि ८ वर्षभन्दा धेरै भइसकेको छ । राजनीति व्यवस्थामा भएको यो परिवर्तन विशाल हो । तर, यसबीच पनि जनताको अवस्थामा परिवर्तन हुन सकेको छैन । गणतन्त्रको प्रत्याभूति जनताले के-कति अनुभूति गर्न सके भनी प्रश्न गर्दा सकारात्मक आउने अवस्था छैन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै स्वरूपमा देशले गणतन्त्रलाई आमजनतामाझ प्रत्याभूत गराउन सकेकै छैन । राज्य सञ्चालनमा अझै पनि केन्द्रिकृत, सामन्ती, एकात्मक र निरंकुश सोच, संस्कार र व्यवहार कायमै छ ।

वंश परम्पराको आधारमा राष्ट्र प्रमुख हुने व्यवस्था बदलियो । जनताका छोराछोरी राष्ट्रपति र उपराष्ट्रपति बने । राज्यका निकायहरुमा मुलुकका सबै वर्ग, क्षेत्र, लिंग र समुदायको प्रतिनिधित्व हुनथाल्यो । यो चानचुनै उपलब्धि हैन । तर, मुलभूत रुपमा नेपाली जनताले चाहेको आप्mनो अवस्था परिवर्तनको सार्थकता अझै हुन सकेको छैन । अर्थात जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन सकेन । राजनीतिक दल र नेतृत्वका क्रियाकलाप लोकतन्त्र र गणतन्त्र सुहाउँदा हुन सकेका छैनन् । स्वेच्छाचारिता र जनविरोधी कार्य रोकिएका छैनन् । शासन व्यवस्था लोकतान्त्रिक भएपनि चरित्र लोकतान्त्रिक हुन सकेको छैन । त्यसैले जनस्तरमा राजनीतिक परिवर्तनले जगाएको उत्साह मर्दै गएको छ । यो राजनीतिक परिवर्तनको लागि बलिदान हुने सपुतहरूको उत्सर्गको सम्मान हुन सकेको छैन । त्यसैकारण व्यवस्था विरोधीहरुले चर्को कुरा गर्ने प्रयास गरिरहेका छन् । आफ्नो गुमेको लुटको स्वर्ग फिर्ता गर्ने कल्पनामा रमाउने थालेका छन् ।

२०६२÷६३ को जनआन्दोलन पछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । त्योसँगै २३९ वर्षसम्म दबिएका स्वरहरु राज्यको सर्वोच्च निकायमा घनिभूत भए । मधेशको छोरोले नेपालको पहिलो राष्ट्रपति हुने अवसर पायो । महिलाले राष्ट्रपति बन्ने सौभाग्य पाइन् । गणतन्त्रले सबैलाई समान हक अधिकार दिन्छ है भन्ने गतिलो दृष्टान्त हो, यो । गणतन्त्र साध्य होइन, साधन मात्र हो । यसको सहि ढंगले परिचालन गर्न नेतृत्वले सक्नुपर्छ । जनताको आकांक्षा अनुसार काम गर्न सक्नुपर्छ । मुलुकमा संघीय गणतान्त्रिक संविधान जारी भएको लामो समय वित्दा पनि संविधानले परिकल्पना गरे अनुसार जनताका अधिकार स्थापित हुन सकेको छैन । संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन भएको छैन । यसमा सरकार गम्भीर हुनुपर्छ ।

व्यवस्था परिवर्तनका लागि लामो संघर्ष गरेका नागरिकको अवस्थामा परिवर्तन आजको आवश्यकता हो । त्यसतर्फ सबै परिवर्तनका पक्षधर राजनीतिक दलहरुले गम्भीर भएर काम गर्नुपर्छ । व्यवस्थाविरोधी हर्कतलाई पराजित गर्दै जनताको विजयलाई निरन्तरता दिन शासकीय शैलीमा सुधार मात्र नभएर आमुल परिवर्तन हुनुपर्ने खाँचो छ । शासक हैन, सेवक बनेर राज्य सञ्चालकहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । अनि मात्र गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ । १८औं गणतन्त्र दिवसको सबैमा शुभकामना ।

Previous Post

आज अठारौँ गणतन्त्र दिवस मनाइँदै

Next Post

‘कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो’

Next Post

‘कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन