• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा हिन्दूराष्ट्रको आठ मिनेट शंखघोष, १४ लाख भक्तजन सहभागी

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ ।

पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । अधिकारीले यसअघि १६ मिनेट १३ सेकेण्ड लामो शंख बजाएको बताएका छन् ।

कोटीहोममा उद्घोष गरिएअनुसार अधिकारी लामो शंख बजाउनेमा विश्वकै तेस्रो व्यक्ति भएका छन् ।

हालसम्म भारत त्रिपुरा राज्यको अम्वासाका सम्राट वसादले ५५ मिनेट २७ सेकेण्ड, भारतकै शम्भुकुमारले ५१ मिनेट ०३ सेकेण्ड लामो शंख बजाएका थिए । यस्तै भारतकै अनुज तिवारीले आठ मिनेट दुई सेकेण्ड लामो शंख बजाएर चौथो स्थानमा रहेको बताइन्छ ।

लामो शंखघोष गरेका अधिकारीलाई कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराज र अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाले सम्मान गरेका थिए ।

कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका छन् ।

प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार बिहीबार बिदाको दिन परेकाले दुई लाख भक्तजन सहभागी भए । कोटीहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटीहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा यसवर्षको गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् । कोटीहोममा आउने भक्तजन लिएर आजै साँझ विभिन्न जिल्लाबाट दुई सय भन्दा गाडी पोखरा भित्रिने आयोजकले जनाएको छ ।

कोटीहोममा बिहीबार अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाको प्रवचनमा भक्तजन रमाए । शुक्रबारदेखि प्रवचनका लागि भागवत मञ्जरी राधिका दासी आउदैछिन् । उनी आउने खबरले भक्तजन उत्साहित भएको संयोजक ढकालले जानकारी दिए ।

कोटीहोममा आयोजित रक्तदानमा बिहीबारमा ८५ युनिटसहित हालसम्म छ सय युनिट भन्दा बढी रगत संकलन भएको बताइन्छ । साथै राष्ट्रिय भजन प्रतियोगिता पनि जारी छ ।

देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् ।

थापाका अनुसार कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भएको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाऔंः प्रदेश प्रमुख भट्ट

Next Post

कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी

Next Post

कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन