पोखरा । पोखरा महानगरपालिका वडा नं २५ स्थित मर्दीखोलामा पौडी खेल्नेक्रममा डुबेर दुई बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं ६ का १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार छन् ।
उनीहरु डुबेर बेपत्ता भएको खबर प्राप्त हुने वित्तिकै उद्दारका लागि सशस्त्र प्रहरी बल कालिका गणको गोताखोर टोली खटिएको थियो ।
गोताखोरको टोलीले करिब २० फिट गहिराइबाट उनीहरुको शव निकालेको हो ।
कालिका गणबाट प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा टोली खटिएको हो ।






