• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 31, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ ज्येष्ठ १७ गते शनिबार, इस्वीसंवत मे ३१ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको पञ्चमी तिथि रातिमा १२ः४३ बजेसम्म त्यसपश्चात् षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य रातिमा १ः४६ बजेसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि २५ घटि ३४ पलासम्म त्यसपछि ध्रुव योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३४ घटि १७ पला अर्थात १३ घण्टा ४६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः११ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः०६ बजे र अस्ताउने समय रातिमा ११ः११ बजे रहेको छ । आज विश्व धुम्रपानरहित दिवस रहेको छ । 

आजको राशिफल

मेषः आज आश्वासन पूरा हुन कठिन छ । महत्वाकांक्षा ठूलै भए पनि उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक-आध्यात्मिक वातावरण एवं चिन्तन मनन् गर्दा राम्रो हुनेछ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्य आदिबाट लाभ हात पार्न समस्या हुनेछ । उच्च वर्गसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ ।

वृषः आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानबाट पनि सन्तोष लिन सकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसंग चल्न सक्ने र प्रेमाभिलाषिहरुको लागि प्रेम सम्बन्ध जोडिन सक्ने योग छ । आज माता भुवनेश्वरीको भक्तिभाव राम्रो हुनेछ ।

मिथुनः आज संघर्षको अनुभूति हुन सक्ने ग्रहगोचर परेकोछ ।  आज काम कार्य सम्पादन गर्दा आलोचना र अपजसको सामना गर्नपर्ने देखिन्छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न सकिनेछ । अनिवार्य बाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखे कै उचित हुनेछ । संघर्षको बाबजुत पनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ हासिल गर्न सकिने छ ।

कर्कटः आज जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद-प्रमोदपूर्ण दिनचर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्न सकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवामा पनि अनुकूलता देखिएको छ ।

सिंहः आज ज्ञानशक्ति तथा विद्याको अहं बढ्नसक्ने छ । गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्न सक्ने छ । मान्छेहरुको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गार्हो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ ।

कन्याः आज ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुशीयालीप्रद रहनेछ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यमा लाभ एवं सफलता प्राप्त हुनेछ । 

तुलाः आज केही अदृश्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्व पाउनेछैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवं समाज सेवाका कार्यमा पनि सरिक हुने मौका मिल्न सक्ने छ । सञ्चित धनको अपव्यय हुन सक्ने छ ख्याल पुर्‍याउनु होला । सकभर पूर्व दिशाको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

वृश्चिकः आज काममा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नुहोला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत आकस्मिक आयआर्जन तथा उपलब्धि प्राप्त गर्न सकिनेछ । देश विदेशको यात्रा हुन सक्ने छ । दान दातव्य एवं मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । माता इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

धनुः आज आँटिलो एवं साहसिलो हुँदाहुँदै पनि केही अवरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुत पनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । काम कार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ ।

मकरः आज चन्द्रमालगायतका ग्रहहरुको प्रतिकूल अवस्थाले स्वास्थ्य राम्रो रहनेछ । समयको प्रतिकूलतालाई नबुझि अघि बढ्नाले पश्चातापमा पान सक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार विहारमा होसियारी अपनाउने र फजुल खर्चका विषयमा मन नदिनु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्न सक्नु हुनेछ ।

कुम्भः आज दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि योजना हुन सक्नेछ । मान्यजनसंँगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणका लागि भगवान सूर्यदेव र माता ईन्द्रायणीको आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।

मीनः आज दिन प्रतिकूलता बढ्न सक्ने खालको गोचर परेको छ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत-क्षमता भने बढ्ने छ । दिनमा २ बजेपछि तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आज पूर्व दिशाको यात्रा उपयुक्त छैन ।

साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म काल बेला
बिहान ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म शुभ बेला
बिहान ८ः३६ बजेदेखि १०ः१८ बजेसम्म रोग बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
दिनमा १२ः०० बजेदेखि १ः४२ बजेसम्म चर बेला
दिनमा १ः४२ बजेदेखि ३ः२४ बजेसम्म लाभ बेला
दिनमा ३ः२४ बजेदेखि ५ः०६ बजेसम्म अमृत बेला
दिनमा ५ः०६ बजेदेखि ६ः४८ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म शुभ बेला
साँझ ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म रोग बेला
राति ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म उद्धेग बेला
राति १०ः४२ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म लाभ बेला
राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म अमृत बेला
रातिमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म काल बेला
रातिमा ३ः५४ बजेदेखि ०५ः१२ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

लमजुङबाट पोखरा आउँदै गरेको बस पार्चेमा दुर्घटना, १८ यात्रु घाइते

Next Post

जनप्रिय क्याम्पसमा जलवायु परिवर्तनको असर र रोकथामसम्बन्धी गोष्ठी

Next Post

जनप्रिय क्याम्पसमा जलवायु परिवर्तनको असर र रोकथामसम्बन्धी गोष्ठी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन