पोखरा । पोखरा पर्यटन परिषद्ले पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन आग्रह गरेको छ । परिषद् अध्यक्ष तारानाथ पहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै पर्यटक बसमा गरिएको अवरोधप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
पर्यटक बसमा गरिने अवरोधले आन्तरिक तथा बाह्य दुबै किसिमका पर्यटकमा नकारात्मक सन्देश जाने भएकाले निर्वाध रुपमा सञ्चालन गर्न दिन परिषद्ले आग्रह गरेको हो ।
‘पर्यटन क्षेत्र समृद्धिको आधार मध्येको एक भएकाले पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनु सबैको उत्तिकै साझा दायित्व हो’, विज्ञप्तीमा भनिएको छ, ‘बन्द नै समाधान होइन, विगतका सबै बन्द हड्तालमासमेत निर्वाध रुपमा चलेका पर्यटक बस अहिलेको आन्दोलनमा पनि निर्वाध रुपमा सञ्चालन गर्न दिन सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’
यस्तो छ परिषद्को विज्ञप्ति







