पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी माविका टुरिजम क्लब पुनर्गठन भएको छ । क्लबको संरक्षकमा विद्यालयका प्राचार्य डा. रामजी शर्मा छन् ।
साथै संयोजकमा सहायक प्राचार्य राजेश भण्डारी, सहसंयोजकमा शिक्षक विष्णुप्रसाद अधिकारी, सदस्यद्वयमा शिक्षक भोजराज अधिकारी र भरत भण्डारी छन् ।
पुनगर्ठित क्लबको अध्यक्षमा महम्मद अकिभ मियाँ चयन भएका छन् । उनी कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन बीमा अध्ययनरत छन् ।
क्लबको उपाध्यक्षमा कक्षा १० की रीति शर्मा, सचिवमा कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन बीमा अध्ययनरत प्रतिमा विक, सहसचिवमा कक्षा १० की सन्ध्या तिमिल्सिना, कोषाध्यक्षमा कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन बीमा अध्ययनरत शिव विक र सहकोषाध्यक्षमा कक्षा ९ की सिम्रन अधिकारी छन् ।
यसैगरी कार्यसमिति सदस्यमा कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन सीमा अध्ययनरत दीक्षा छन्त्याल, कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन एमा अध्ययनरत दीपशिखा राई, कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन सीमा अध्ययनरत निर्जन गुरुङ, कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन एमा अध्ययनरत शोहन राम्जाली, कक्षा ८ की आर्या अधिकारी, कक्षा १० की शलिषा राना, साक्षी वाग्ले, निशाना थापा, लस्ता शेरचन, कक्षा ९ का नयन पूर्जा, सागर छन्त्याल, इन्जोल गर्बुजा पुन, कक्षा ११ को होटल म्यानेजमेन्ट सेक्सन सीमा अध्ययनरत अर्विन गुरुङ छन् ।
क्लबले यही जेठ २२ गते वातावरण दिवसको अवसरमा ‘पर्यटन र पर्यावरण’ विषयमा ‘प्यानल डिस्कसन’ कार्यक्रम गर्ने भएको छ । विद्यालय अन्य क्लब पनि विस्तार गर्दै जाने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भोजराज अधिकारीले जानकारी दिए ।
यस्तै विद्यालयका क्लबले वर्षभरि नै विभिन्न क्षेत्र समेटेर कार्ययोजना बनाई कार्यक्रमहरु गर्ने सहायक प्राचार्य राजेश भण्डारीले जानकारी दिए ।






