• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा एकैदिन पाँच लाख भक्तजन, २१ करोड दीप प्रज्ज्वलन

नीतिप्रेस by नीतिप्रेस
June 8, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा शनिबार करिब पाँच लाख भक्तजनको सहभागी भएको आयोजकको दावी छ । उक्तजनको सहभागिताले शनिबार ऐतिहासिक दिन भएको आयोजकले उल्लेख गरेको छ ।

प्रचारप्रसार संयोजक लेखराज ढकालले भक्तजनको सहभागिताले कोटिहोम ऐतिहासिक अद्वितीय र अविस्मरणीय बनेको बताए । उनले शनिबार तीन लाख ५० हजार भक्तजन आउने अपेक्षा गरिएकामा करिब डेढ लाख बढी भक्तजन सहभागी भएको बताए ।

उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा निकै धेरै भक्तजन ओइरिँदा व्यवस्थापनमा केही कठिनाई जस्तो देखिए पनि कसैलाई केही समस्या भएन ।’

उनका अनुसार कोटीहोममा हालसम्म २८ लाख भक्तजन सहभागी भए ।

शनिबार कोटीहोम स्थल पूरै भक्तजनले ढाकिएको थियो । भक्तजनलाई भित्र पस्न र बाहिर निस्कन निकै सकस भएको थियो भने आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । भक्तजन व्यवस्थापन गर्न आयोजकले पछाडिको गेटसमेत खोल्नुपरेको थियो ।

भक्तजनका कारण विरौटाचोकदेखि छोरेपाटनसम्म दिनभर सडक जाम भएको थियो । सवारी व्यवस्थापनमा कोटीहोमका सुरक्षाकर्मी, ट्राफिक प्रहरी खटिएका थिए । भक्तजनकै कारण पृथ्वीचोकदेखि छोरेपाटनसम्मको सडक दिनभर व्यस्त थियो ।

२१ करोड दीप प्रज्ज्वलन

शनिबार निर्जला एकादशीकै दिन २१ करोड दीप प्रज्ज्वलन गरिएको छ । बिहान १० बजे ज्योती भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो ।

शनिबार कोटीहोममा आएका प्रायः भक्तजनका हातमा ज्योती देखिन्थ्याे । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।

Previous Post

कोटीहोममा जग्गा र रकम दान गर्नेको ओइरो

Next Post

आज सूर्यदेवको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post
फाइल तस्बिर

आज सूर्यदेवको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन