• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

यति बिराट कोटीहोम न हिजो भयो, न भोलि हुन्छ : काली बाबा

नीतिप्रेस by नीतिप्रेस
June 10, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
यति बिराट कोटीहोम न हिजो भयो, न भोलि हुन्छ : काली बाबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बालयोगेश्वर कृष्णमूर्तिजी महाराजलाई यज्ञ सम्राट र यज्ञ पुरुषको उपमा

पोखरा । चर्चित धर्मगुरु कालीदास बाबा (काली बाबा) ले पोखरामा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ साँच्चिकै बिराट भएको बताएका छन् । सोमबार कोटीहोममा आयोजित यज्ञको पूर्णाहुतिमा सहभागी हुन आएका कालीबाबाले यस्तो बताएका हुन् ।

‘यति बिराट कोटीहोम न हिजो भयो, न भोलि हुन्छ, त्यो हिम्मत बालयोगेश्वर महाराजले गर्नुभयो’ उनले भने ।

काली बाबाले काेटीहाेमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ सम्राट र यज्ञ पुरुषको उपमा दिए । उनले थपे, ‘यस्तो बिराट कोटीहोमको संकल्प गर्ने यज्ञ सम्राट, यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटी कोटी नमन गर्दछु ।’

यज्ञको पूर्णाहुतिकै लागि काली बाबा अमेरिकाबाट दिल्ली हुँदै नेपाल आएको कोटीहोमका सङ्कल्पकर्ता महाराजले जानकारी दिए ।

‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो, समय छोटो थियो तर यति लामो यात्रा गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो, यहाँप्रति आभारी छाैँ’, उनले भने, ‘काली बाबाको उपस्थितिले कोटीहोम पवित्र बनेको छ ।’

यज्ञको पूर्णाहुतिसँगै होमन, पाठ परायणका सम्पूर्ण कार्य समापन भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । यद्यपि कोटीहोम भने जेठ ३१ सम्म सञ्चालन हुनेछ । उनका अनुसार कोटीहोममा सहभागी चार सय बढी ब्राम्हणलाई सम्मानका साथ सोमबार नै बिदाई गरिएको छ ।

महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गरिएको थियो । मंगलबारदेखि तिलक र भस्म वितरण गरिने संयोजक ढकालले जानकारी दिए । यज्ञमा राखिएका जलसहितका कलश बुकिङ गरेकाहरुले मंगलबारदेखि नै घरमा लैजान पाउनेछन् ।

हवन कुण्डमा वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी सुरु भएको थियो ।

कुण्डमा तीन, तीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेका थियो ।

Previous Post

तनहुँमा करेन्ट लागेर १५ वर्षकी किशोरीको मृत्यु

Next Post

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

Next Post
मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन