• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीकृष्णको प्रिय दिनमा दुई पटक लाभ बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
June 11, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ ज्येष्ठ २८ गते बुधबार, इस्वीसंवत जुन ११ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको पूर्णिमा तिथि दिनमा १२ः४६ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठा रातिमा ८ः१७ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य २३ घटि ४९ पलासम्म त्यसपछि शुभ योग रहनेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३१ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः०९ बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः५८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ७ः२० बजे र अस्ताउने समय रातिमा ४ः३८ बजे रहेको छ । आज कविर जयन्ती परेको छ ।

आजको राशिफल

मेषः आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंक ब्यालेन्स बढ्ने छ । परोपकार आदि समाज मेषः आज धेरै बोल्दा समस्या आउन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । हिसाबकिताबमा पनि विवाद आउन सक्छ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृषः आज अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः आज चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा र हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ । 

कर्कटः आज व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । आज स्वास्थ्यको पनि ख्याल गर्नुहोला सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्याः आज परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले भगवान गणेशको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुलाः आज आज शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । देवीको पूजा, बृहस्पतिको मन्त्रजप गरी प्रतिकूल समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार कागलाई खानेकुरा दिनले तपाइँको ग्रहपिडा कम हुनेछ ।

वृश्चिकः आज परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति–पत्नी तथा बीच अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले भगवान विष्णुको पूजा गरेर शनि ग्रहलाई खुसी पार्न सकिनेछ । दुःख पाएका व्यक्तिलाई दान गर्नाले मानसिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । 

धनुः आज विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ र शिवजीको पूजा गर्दा राम्रो रहनेछ । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्दा पनि राम्रो हुनेछ । 

मकरः आज जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसंग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा शुभ फलदायी रहनेछ । भोका व्यक्ति, निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले काममा सफलता मिल्नेछ ।

कुम्भः आज सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् । यात्रा पनि निकै रमाइलो हुनेछ ।
कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः आज सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रशन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न हरेक दिन गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म लाभ बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म अमृत बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म काल बेला
बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म शुभ बेला
दिनमा १२ः०२ बजेदेखि १ः४६ बजेसम्म रोग बेला
दिनमा १ः४६ बजेदेखि ३ः२९ बजेसम्म उद्धेग बेला
दिनमा ३ः२९ बजेदेखि ५ः१३ बजेसम्म चर बेला
दिनमा ५ः१३ बजेदेखि ६ः५७ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५७ बजेदेखि ८ः१३ बजेसम्म अमृत बेला
साँझ ८ः१३ बजेदेखि ९ः२९ बजेसम्म काल बेला
राति ९ः२९ बजेदेखि १०ः४६ बजेसम्म शुभ बेला
राति १०ः४६ बजेदेखि १२ः०२ बजेसम्म रोग बेला
राति १२ः०२ बजेदेखि १ः१८ बजेसम्म उद्धेग बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म चर बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म लाभ बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : मन्त्री थापा

Next Post

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : मन्त्री थापा

Next Post

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन