• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा

नीतिप्रेस by नीतिप्रेस
September 7, 2025
in कला-साहित्य, समाचार
0
रमेश भुसाल माथि परिचर्चा

पोखरामा रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।

कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे ।

लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको विकासका प्राथमिकता, सीमा नाका सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले बताए ।

शेरचनले भने, ‘भुसाल कर्णालीको विस्तृति देखेर जति प्रभावित हुन्छन्, जलआश्रित आदिवासी महिलाको जर्जर अवस्था देखेर उत्तिकै संवेदित बन्छन् ।’

साहसिक पर्यटनले संस्कृतिको रूप नलिएको हाम्रो समाजमा आर्थिक अवस्था पनि अवरोध बनेको शेरचनले बताए । ‘परिवारले पनि प्रोत्साहन नगर्ने यस्तो सामाजिक-सांस्कृतिक परिप्रेक्ष्यमा छालबाटो र्‍याफ्टिङ संस्कृतितिर नियाल्ने सुन्दर आँखीझ्याल बनेको छ’ उनले भने ।

छालबाटोमा वर्णन मात्रै नभएर लेखकका अनूभुति पनि प्रशस्तै आएका बताउँदै शेरचनले कृतिमा मूल कर्णालीलाई निर्बाध बग्न दिनुपर्छ भन्ने कुराको उल्लेख भएको बताए ।

वातावरण विज्ञानमा विद्यावारिधि गरेका शेरचनले पर्यावरणलाई केन्द्रमा राखेर नीति बनाउने हो भने त्यो विद्यमान जीडीपी विकासको विपरीत उभिने भनाइ राखे ।

किताब पढ्दा हाँसो र सहानुभूति एकसाथ उत्पन्न हुने आफ्नो पठन अनुभूति सुनाउँदै शेरचनले हाँसो र सहानुभूतिभाव एकसाथ उत्पन्न गराउन सक्नु लेखकको शक्ति भएको बताए ।

पुस्तकमा आएका तथ्यका कारण छालबाटो यात्रावृत्तान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय र प्राकृतिक विज्ञानको लिखत बनेको धारणा शेरचनको छ । शेरचनको ‘गल्ली संसार’ पछिल्लो समयको चर्चित निबन्ध कृति हो ।

लेखक रमेश भुसालले नेपालीहरू नदी प्रणालीप्रति आश्रित भएर पनि तिनलाई व्यावहारिक रूपमा माया गर्न नसेकेको कुराले आफूलाई किताब लेखन प्रेरित गरेको बताए ।

हिमाल र नदीको सम्बन्धलाई विकासका नाममा भएका कामले बाधा उत्पन्न गरेको बताउँदै उनले नदी प्रणालीप्रतिको धारणा किताबमा राखेको सुनाए ।

नदी मानिसका लागि मात्र नभई बाघ वा अन्य प्राणीका लागि पनि भएको उनको भनाइ छ । बाटो बनाउनका लागि पहाडहरू भत्काउने परम्परा सही नभएको बताउँदै उनले पहाडलाई पैसा हुँदा काट्न सकिने तर पैसा हुँदा जोड्न नसकिने बताए ।

किताबमा स्वाभाविक दृष्टि र धारणा राखेको उनको जिकिर छ । किताबले मानिसलाई एक पटक प्रकृति, नदी र चराका बारेमा सोच्न बाध्य बनाओस् भन्ने उद्देश्यले किताब लेखेको भुसालले बताए । वातावरणसम्बन्धी रिपोर्टिङमा क्रियाशील भुसालले बिबिसीलगायत विभिन्न मिडियामा काम गरेका छन् ।

साहित्यकार सरुभक्तले छालबाटो यात्रा संस्मरण मात्र नभई अनुसन्धानात्मक कृतिका रूपमा आफूले अध्ययन गरेको बताए । स्थलगत अध्ययन गरेर लेखिएको किताब हुनाले पाठकलाई लेखकले आफूसँगै यात्रा गराउन सफल भएको बताए ।

सरुभक्तले कुनै विषयमा कृति लेख्दा आवश्यक अध्ययन अनुसन्धान गर्नुपर्ने विचार राखे । कर्णाली क्षेत्रको वातावरण, समाज, संस्कृति आदिको जानकारी दिने भएकाले कृति निकै महत्वपूर्ण बनेको उनको भनाइ थियो ।

गैरआख्यान र आख्यान भन्नु नै आवश्यक नभएको बताउँदै उनले एकअर्कामा एकापसको गुण हुने विचार राखे । गैरआख्यानका रूपमा आएको छालबाटोमा आख्यानको गुण भेटिनेसमेत उनको धारणा थियो । पर्यावरण र नदी प्रणालीको संरक्षणका लागि आवाज उठाउने कृतिका रूपमा आफूले छालबाटो पाएको सरुभक्तले सुनाए ।

कार्यक्रममा सहसचिव दीपक पराजुली र पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष रूपीन्द्र प्रभावीकाे अध्यक्षतामा भएकाे थियाे ।

Previous Post

आज पनि बढ्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

कोटीहोमबाट संकलित रकमको सदुपयोग गर्न सहसंयोजक पराजुलीको आग्रह

Next Post

कोटीहोमबाट संकलित रकमको सदुपयोग गर्न सहसंयोजक पराजुलीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन