पोखरा । अर्घाखाँचीमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका वडा नं ३ शिखरकी २७ वर्षीया मेखमाया कुमाल छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मेखमायाले धारिलो हतियार (दाउ) प्रहार गरी श्रीमान् ३८ वर्षीय रामु कुमालको हत्या गरेकी थिइन् ।
प्रहरीका अनुसार घरायसी विवादमा मेखमायाले रामको टाउकोमा दाउ प्रहार गरेकी थिइन् ।
रामको घटनास्थलमै मृत्यु भएको बताइएको छ । रामको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






