• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सी एसइई बास्केटवल उपाधि बेनपा र राइजिङ बलर्सलाई

नीतिप्रेस by नीतिप्रेस
June 16, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको सातौँ एसइई बास्केटवल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको उपाधि छात्रतर्फ म्याग्दीको बेनी नगरपालिका (बेनपा) र छात्रातर्फ राइजिङ बलर्सले जितेको छ । प्रतियोगिताको फाइनलमा बेनपाले टीजी बदर्श र राइजिङले अमेची टिमलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

बेनपाले २० हजार र राइजिङले १० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए ।

यस्तै, उपविजेता बनेको टीजी ब्रदर्शले १० हजार र अमेची टिमले छ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ सात टिमको सहभागिता रहेको थियो । जसमा काठमाडौंबाट एक छात्रासहित तीन, बुटवलबाट एक तथा अन्य टिम कास्की, तनहुँ, पर्वत, म्याग्दी र बागलुङबाट सहभागी भएको थियो ।

विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटी स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष खड्गबहादुर रानाभाट, नेपाल बास्केटबल संघ केन्द्रीय समिति उपाध्यक्ष जुमबहादुर गुरुङ, विद्यालयका प्राचार्य डा. रामजी शर्मा, निर्देशक राजु कायस्थ, सहायक प्राचार्य राजेश भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

टिममा एसइई परीक्षा दिएर बसेका विद्यार्थीमात्र थिए भने सबै खेल अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको नियम अनुसार लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।

विद्यार्थीमा आपसी समझ्दारी, नेतृत्व क्षमता र समूहमा कार्य गर्ने सीप विकास गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने, विद्यार्थीमा आत्मविश्वास, सहनशीलता र सकारात्मक प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य शर्माले जानकारी दिए ।

प्रतियोगिताले खेलकुदमा रुचि र क्षमता भएका विद्यार्थीलाई पहिचान गरी भविष्यमा थप अवसर प्रदान गर्न सहयोग पु¥याएको सहायक प्राचार्य भण्डारीको विश्वास छ ।

Previous Post

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, सवारीसाधन बीच बाटोमै अलपत्र

Next Post

तानेको रहमा डुबेर बन्दीपुरका मंगलेको मृत्यु

Next Post

तानेको रहमा डुबेर बन्दीपुरका मंगलेको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन