पोखरा । पहिरो खसेर सवारी सञ्चालन बन्द भएको लमजुङको बेंसीशहरबाट मनाङको चामे जोड्ने सडक सुचारु भएको छ ।
लमजुङ खण्डमा पर्ने मर्स्याङ्दी गाउँपालिका वडा नं ४ च्याम्चे नजिकै पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा मनाङ पुग्ने एकमात्र सडक बन्द भएको थियो । पहिरो पन्छाएपछि दिउँसो ३ बजेदेखि सडक सुचारु भएको हो ।
करिब १४ घण्टापछि सडक सुचारु भएको बताइएको छ । भारी वर्षाको सम्भावना हुनुका साथै पहिरो खस्ने जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।






