• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्रिकेटमा स्याङ्जा च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
June 20, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि-२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो ।

च्याम्पियन भएसँगै स्याङ्जाले नगद रु एक लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाए । 

खेलमा स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनायो । खेलमा जितका लागि एक सय ३० रनको लक्ष्य पछ्याएको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो ।

नवलपुरका लागि रिजन काफ्ले २५ रन, दीपक डुम्रेले १९ रन बनाएका थिए । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर तीन विकेट लिए । बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान एक-एक  विकेट लिए ।

स्याङजाका ईश्वर क्षेत्रीले छ चौकाको मद्दतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाका हुन् ।

 नवलपुरका लागि हिमाल न्यौपाने र कप्तान कमल परियारले समान दुई विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान एक-एक विकेट लिए । प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ ३१ बाट सुरु भएको प्रतियोगितामा आठ जिल्लाको सहभागिता थियो ।

प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’सँगै ‘वेष्ट व्याटर’को उपाधि स्याङ्जाका सन्दीप खत्री क्षेत्रीले हात पारे । 

उनले नगद रु चार हजार प्राप्त गरे । प्रतियोगितामा विजेता टोली तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिताका संयोजक ऋषिराम गौतम, सङ्घका सचिव सुमनराज कार्की, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरुङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Previous Post

पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल

Next Post

बीबीए आठौं सेमेस्टरका विद्यार्थीको नमुना पत्रकार सम्मेलन

Next Post

बीबीए आठौं सेमेस्टरका विद्यार्थीको नमुना पत्रकार सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन