• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल स्कटल्याण्डसँग पराजित

नीतिप्रेस by नीतिप्रेस
June 21, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति सम्पन्न खेलमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो ।

स्कटल्याण्डले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८दशमलव५ ओभरमा जम्मा एक सय ५९ रन मै अलआउट भयो ।

नेपालका लागि रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे भने दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले तीन ओभरमा २७ रन दिएर तीन विकेट लिए । सफिया सरिफले दुई विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले एक-एक विकेट लिए ।

नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको थियो । भुर्तेल चार, भीम सार्की १२, आसिफ शेख १४ र आरिफ शेख पाँच रनमा आउट भएपछि नेपालले पावरप्लेभित्रै चार विकेट गुमाएको थियो ।

त्यसअघि जर्ज मन्सेको आक्रामक अर्धशतकमा स्कटल्याण्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९३ रन बनाउँदै नेपाललाई एक सय ९४ रनको लक्ष्य दिएको थियो ।

ओपनर जर्ज मन्सेले ७८ रन बनाए भने ब्रान्डन म्याकमुलेनले ४२, माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे ।

मन्से र म्याकमुलेनले मिलेर दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए । त्यहाँबाट लिस्क र क्रसले ४८ रनको अविजित साझेदारी गरे ।

नेपालका कुशल भुर्तेलले दुई ओभरमा २० रन दिएर दुई विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक-एक विकेट लिए ।

यस शृंखलामा नेपालले चार खेलमध्ये दुई खेल जित्दा दुई मा पराजित भयो । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । यस शृंखलामा सबै टोलीले दुई-दुई खेल जिते ।

Previous Post

बीबीए आठौं सेमेस्टरका विद्यार्थीको नमुना पत्रकार सम्मेलन

Next Post

आज शनिदेवको प्रिय दिन दुई पटक काल बेला परेको छ, तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज शनिदेवको प्रिय दिन दुई पटक काल बेला परेको छ, तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन