• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराका व्यापारीले सुन किन्न नमानेपछि…

नीतिप्रेस by नीतिप्रेस
June 21, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा विक्री गर्न ल्याइएका करिब एक किलो अवैध सुनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार भारत पञ्जावका ४९ वर्षका कुलदीप सिंह र सहयोगी तिलोत्तमा नगरपालिका वडा नं १६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रहरी उपरीक्षक प्रमुख श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट सुनको ढिक्का, हिरा जडित औंठी, मंगलसूत्र, सिक्रीलगायत गरी ८२ तोला १६ लाल सुन बरामद गरिएको हो । बरामद सुन एक करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको छ ।

उक्त सुन भारतबाटै ल्याइएको पाइएको एसपी ओलियाले जानकारी दिए । प्रहरीका अनुसार उक्त सुन पोखराका व्यापारीले खरिद गर्न नमानेपछि बुटवल लैजाने क्रममा पोखरा-२२ पुम्दीभुम्दीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अवैध सुनसहित पक्राउ परेका कुलदीप सिंह र रामबहादुर विक ।

एसपी ओलियाका अनुसार अवैध सुन पोखरा भित्रिएको सूचना प्राप्त गर्ने बित्तिकै प्रहरीले निगरानी बढाएको थियो । पोखरा-२२ पुम्दीभुम्दीमा गाडी खानतलासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

भारतीय नागरिक सिंहले फेसबुकमार्फत विकसँग सम्बन्ध बढाएका थिए र उनको सहयोगमा सुन र हिराका गरगहना बेच्न उनी पोखरा आएका हुन् । आफूले केही रकम पाउने आशाले सिंहलाई सहयोग गरेको प्रहरीसँगको बयानमा विकले बताएका छन् ।

पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि गरगहनासहित राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।

Previous Post

कालीगण्डकी ‘करिडोर’ मा पहिरो रोकिएन, अझैसम्म सडक अवरुद्ध

Next Post

अन्तर्राष्ट्रिय योग दिवसमा योग शिविर

Next Post

अन्तर्राष्ट्रिय योग दिवसमा योग शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन