पोखरा । पोखरा महानगरपालिका वडा नं ९ स्थित गुरुकुल विद्या सदन माविले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
एसइई दिएर बसेका विद्यार्थी लक्षित प्रतियोगिताअन्तर्गत भलिबल (पुरुष) तर्फको उपाधि पोखरा युनाइटेड एकेडेमीले जितेको छ ।
पोखरा युनाइटेडले बागलुङको तमाङखोला भलिबल क्लबलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
प्रतियोगितामा कालिका मावि स्याङ्जा तेस्रो, निष्पक्ष मावि रिभान चौथो भएको छ ।
विजेता पोखरा युनाइटेडले २० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै दोस्रोले १० हजार, तेस्रोले पाँच हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवि कार्कीले विजेता टिम तथा खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
भलिबल विजेता टिम पोखरा युनाइटेड एकेडेमीका प्राचार्य बयानबहादुर गोदारले खेल जितेर विद्यालयको गरिमा उच्च मनाएको भन्दै खेलाडीहरुलाई बधाई र उज्ज्वल भविष्यको कामना गरे ।






