पोखरा । योङ लाइफ नेपालले पोखरा महानगरपालिका वडा नं १ बगरस्थित संस्कृत माविमा स्टेशनरी सामग्री वितरण गरेको छ ।
सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं १ को समन्वयमा उक्त कार्य गरिएको अध्यक्ष अधिकारीले बताए ।






