पोखरा । इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ । विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको प्रस्तावलाई सहमति जनाउँदै यो उलंघन गरिएमा कडा जवाफ दिने बताएको छ ।
साथै इजरायलले इरानमाथिको आक्रमणबाट आफ्नो उद्धेश्य पूरा भएको समेत बताएको छ ।
इजरायली आक्रमणमा इरानले ठूलो संख्यामा सैनिक नेतृत्व गुमाएको छ भने आफ्ना तीन प्रमुख आणविक केन्द्रमा अमेरिकाले समेत आक्रमण गरेपछि यसको ठूलो क्षति भएको अनुमान गरिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । उनले अर्को पोस्टमा, ट्रम्पले भनेका छन्, ‘युद्धविराम अब सुरु भएको छ । कृपया यसको उल्लंघन नगर्नुहोस् ।’
अर्कोतर्फ इरानले पनि युद्धविराम सुरु हुनुभन्दा अघि ‘अन्तिम चरणको क्षेप्यास्त्र’ प्रहार गरिएको बताएको थियो । (एभरेष्ट न्यूज एजेन्सी)






