• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२०औं असारे रोपाइँ महोत्सव गुँदेताल क्षेत्रमा हुने

नीतिप्रेस by नीतिप्रेस
June 24, 2025
in कास्की, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा २०६१ साल यता गरिँदै आइएको असारे रोपाइँ महोत्सवको २०औं संस्करण यही असार १५ गते पोखरा महानगरपालिका वडा नं २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) क्षेत्रमा हुने भएको छ ।

महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ वर्षेनी रोपाइँ महोत्सव गरिदै आइएको बताए ।

यस संस्करणको महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूह पोखरा-२६ ले गरेको छ ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।

महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान आदि कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

महोत्सवको प्रवर्द्धकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघले सहकार्य गरेका छन् ।

महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले बताए ।

लेखनाथ क्षेत्रमा गुँदेलगायत सात ताल रहेको र यस्तो महोत्सवले यी तालको प्रचारप्रसारसँगै समग्र लेखनाथको पर्यटकीय महत्वलाई उजागर गर्न सहयोग पुग्ने पोखरा-२६ का वडासदस्य सुदीपराज ढुङ्गानाको विश्वास छ ।

कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका सहसंयोजक दामोदर भक्त थापा, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, समाजसेवी बामदेव ढुङ्गाना, शान्तिप्रेमी आमा समूहका अध्यक्ष देवीमाया ढुङ्गानालगायतले बोलेका थिए ।  

Previous Post

हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सकियाे

Next Post

राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि बुल्समेन क्लबको सहयोग

Next Post

राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि बुल्समेन क्लबको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन