पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार साँझदेखि बुधबार बिहानसम्म मध्यम वर्षा भएको थियो भने आज पनि आंशिकदेखि मध्यम वर्षा हुने र साँझमा मध्यम वर्षा हुने बताइएको छ ।
गण्डकी प्रदेशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको र आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
पोखरामा आज बिहानको तापक्रम २३-२५ डिग्री सेल्सियसबीच रहेको छ भने आज अधिकतम् तापक्रम ३२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
साथै अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ ।
देशभर कस्तो रहला ?
कोशी प्रदेशमा आज हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
यस्तै मधेश प्रदेशमा आज तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै आज लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी आज सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
यस्तै तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।






