पोखरा । चितवनमा मंगलबार भीरबाट खोलामा हामफालेकी एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका-४ की ४२ वर्षीया कुमारी प्रजा रहेकी छन् ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए ।
साथै उनीसँगै हामफालेका उनका श्रीमान लीलाबहादुर प्रजा गम्भीर घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको डीएसपी खानलले बताए ।
श्रीमानसँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । त्यसलगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






