पोखरा । गण्डकी प्रदेशको प्रमुख सचिवकाे जिम्मेवारी डा.खगेन्द्रप्रसाद सुवेदीलाई दिइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्नेक्रममा सुवेदीलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको हो ।
लोक सेवा आयोगमा लामो समय सहसचिव भएर काम गरेका सुवेदी हालै सचिवमा बढुवा भएका हुन् ।
उनी ५८ वर्षे उमेर हदका कारण आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
गण्डकीका यसअघिका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रको कार्यालयमा सरुवा गरिएको छ ।
साथै निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेको छ ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव महादेव पन्थको निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) हरूको म्याद थप गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार डीआईजीद्वय कुमार न्यौपाने र कालिदास धौवजीको म्याद थप गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।






