पोखरा । उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको काम गर्ने कारखानाभित्र भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।
तीन जना घाइते भएका छन् ।
दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराउनुभएको हो ।
घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ ।
पीडितहरू सबै कारखानामा कार्यरत कामदारहरू थिए ।
आगलागी यति ठूलो थियो कि १६ वटा दमकल घटनास्थलमा पठाउनुपरेको थियो ।
अग्निशमन विभागले आगलागी पछिको खोजी कार्यको क्रममा घटनास्थलबाट तीनवटा जलेका शवहरू बरामद गरेको छ ।
आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।






