• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा योगा र ध्यानको शिक्षक प्रशिक्षण हुने

नीतिप्रेस by नीतिप्रेस
June 26, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पर्यटनको राजधानी पोखरामा योगा र ध्यानको शिक्षक प्रशिक्षण हुने भएको छ । पोखराको लेकसाइडस्थित बीजीबी रिसोर्टमा आगामी जुलाई २० देखि प्रशिक्षण शुरु हुनेछ । प्रशिक्षण ७७ दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय मोटिभसनल ट्रेनर राजु क्षेत्रीले जानकारी दिए ।

प्रशिक्षार्थीलाई गण्डकी विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर ममता अधिकारी, त्रिभुवन विश्वविद्यालयबाट योगामा स्नातकोत्तर गरेका प्रदीप क्षेत्री, ओम मेडिटेसन फ्यामिलीमा ३० वर्षका अनुभवी व्यक्तित्व योगी सुनील, पतञ्जली नेपालका केन्द्रीय प्रभावी गुरु लवदेव र नेतृत्व तथा माइण्डफुलनेसमा ४० वर्षका अनुभवी व्यक्तित्व विकल शेरचनले प्रशिक्षण दिनेछन् ।

उक्त अवसरमा मेमोरी पावरमा तीन पटक विजेता बनेका डा. नवल, मानव स्वास्थ्य, पोषण तथा सन्तुलित आहार विज्ञ डा. अमर, अन्तर्राष्ट्रिय मोटिभसनल ट्रेनर राजु क्षेत्री, न्यूरोलोष्टि कार्यक्रम तथा लाइफ कोच ट्रेनर गणेश, मनोक्रान्ति नेपालका संस्थापक डा. योगी विकासानन्द र वास्तुशास्त्री तथा अंकशास्त्री आचार्य राजाबाबु समेत सहभागी भएर आआफ्ना विषयमा प्रशिक्षण दिनेछन् ।

क्षेत्रीका अनुसार सात दिन सिकाई, १७ दिन एड्भान्स सिकाई पश्चात् ३७ दिनको शिक्षक प्रशिक्षण हुनेछ । साथै ५७ दिनको एड्भान्स शिक्षक प्रशिक्षक र ७७ दिन योगा, मेडिटेशन, आयुर्वेदा पञ्चकर्म प्रमाणपत्र प्राप्त शिक्षक तालिम हुने उनले बताए । प्रशिक्षार्थीलाई बीजीबी रिसोर्टमा आवासीय सुविधा दिएर उच्च निरानीमा प्रशिक्षण दिइनेछ ।

योगा र ध्यानसम्बन्धी सिक्ने र सिकाउनेक्रम निरन्तर चलिरहे पनि मूल शैक्षिक पाठ्यक्रममा रहेर अधिकतम् ज्ञान र अनुभव भएका व्यक्तित्वबाट नेतृत्व लिएमात्र यसको जायज फल प्राप्त हुने अन्तर्राष्ट्रिय मोटिभसनल ट्रेनर क्षेत्रीको दावी छ ।

जीवनमा मानिसले धेरै शास्त्र अध्ययन गरे पनि सबैभन्दा महत्वपूर्ण ‘खुशी शास्त्र’ भएको उनले बताए ।

उनले भने, ‘जीवनमा धेरै मान्छेले धेरै शास्त्र पढेको हुन्छ । जीवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र पढ्छ । तर एकेडेमिक रुपले धेरै छरिएर नबसेको र मानिसका लागि अति आवश्यक शास्त्र खुशी शास्त्र हो । मानिसमा खुशी नभए जे गरे पनि अर्थहीन हुन्छ ।’

खुशीका विषयमा बौद्ध, हिन्दू, मुस्लिम र इस्लाम गरी चार वटा धर्ममा धेरै प्रकारले व्याख्या गरिएको उनले बताए । आफूले खुशी कसरी प्राप्त हुन्छ भन्दै खोज्दै जाँदा आधुनिक विज्ञानले पनि खुशी प्राप्त हुन्छ भनेर व्याख्या गरेको स्पष्ट पारे ।

गण्डकी विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर ममता अधिकारीले योगामा आफ्नो चेतनालाई चिन्ने काम हुने बताइन् । उनले भनिन्, ‘योग भनेको अनुशासन हो, जीवन पद्धति पनि हो । जीवनको शुरुआत नै अनुशासनबाटै हुन्छ, योगले मानवको मन मस्तिष्कबाट अनावश्यक चिन्ता हटाउन मद्दत पुर्याउँछ ।’

उनले थपिन्, ‘हाम्रो मन हावा जस्तै चञ्चल हुन्छ । यस्तो मनलाई नियन्त्रण गर्ने एउटा मात्रै उपाय भनेको योग हो ।’

योगले नै मानिसको दिनचर्यालाई सही मार्गमा लैजाने उनको जिकिर छ । मानिसले चेतनामा गर्ने हरेक काम नै योग भएको उनले बताइन् ।

Previous Post

काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छः प्रहरी महानिरीक्षक थापा

Next Post

डिजिटल चिट प्रणाली प्रभावहीनः चलान काटिन्छ तर जरिवाना असुल हुँदैन

Next Post

डिजिटल चिट प्रणाली प्रभावहीनः चलान काटिन्छ तर जरिवाना असुल हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन