• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपद् व्यवस्थापन र प्रतिकार्यका सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री

नीतिप्रेस by नीतिप्रेस
June 26, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भयो ।

उहाँले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताउनु भयो ।

उहाँले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताउनु भयो ।

गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिनुभयो ।

 विपद् न्युनिकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर रुपले लागिरहेको उहाँको भनाइ ।

गत वर्षको असोजमा काठमाडौंमा उपत्यामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकार्नुभयो । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतको २५ वर्षमा देशको ८६ प्रतिशत घरधुरीले कुनै न कुनै विपद्को सामना गरिसकेको छ । त्यसैले विपद् हाम्रो प्रमुख समस्या हो भन्ने कुरामा कुनै दुविधा रहेन । २०७२ सालको गोर्खा भूकम्प, जाजरकोट तथा पश्चिम नेपालका भूकम्प लगायतका विभिन्न समस्याको कुरा छदैछ । यस मनसुन अवधीमा कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकीको प्रदेशको अधिक भागमा सरदरभन्दा अधिक वर्षा रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भनेर विभागले भनेको छ । यसले के देखाउँछ त भन्दा देशका विभिन्न भागमा वर्षा औसतभन्दा बढी हुने सम्भावना देखाएको छ । त्यसको अर्थ स्वभाविक रुपले बाढी, पहिरो र डुबानको सम्भावना बढेको छ । सडक मार्ग र ठुलो धनजनको ठुलो क्षति हुने सम्भावना पनि बढेको छ । मुलतः विपद्को विषयमा पूर्वतयारी र प्रतिकारका विषयमा सरकार गम्भिर छ । सरकार अहिले सम्भव भएसम्म विपद्को पूर्वतयारकिा लागि बसेको छ । सुरक्षा निकायहरुले देशभरका आ–आफ्ना युनिटहरुलाई जुनसुनै बेला पनि विपद् आउनसक्ने भएको हुनाले तयारी अवस्था रहनको लागि काम गरिरहनु भएको छ । म आफैं पनि केही दिन अघि प्रहरीको हेडक्वाटरमा बसेर देशभरीका प्रहरीसँग अन्तरक्रिया र छलफल गरेर तयार रहन निर्देशन दिएको छु । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समितिलाई तयारी अवस्थामा रहनको लागि निर्देश जारी गरेका छौँ । छलफल गरेर तयारी अवस्थामा राखेको अवस्था छ । सूचना प्रणाली पनि सबैभन्दा महत्वपूर्ण छ । यसले धेरै जनको क्षति घटाउन सक्छौँ । यसका लागि हामीले टेलिफोन प्रदायक कम्पनीहरुसँग कुरा गरेर सरकारका सम्बन्धीत निकायहरुले त्यो कुरा गरिरहनु भएको छ । समितिलाई मेरो अनुरोध छ सेवा प्रदायक संस्थाहरुसँग पनि यसरी नै बसेर यो कुरामा छलफल गराउनुप¥यो । सातवटै प्रदेश सरकारलाई संघीय सरकारअन्तर्गत रहेको गोदामघरहरु समेत हस्तान्तरण गरिएको छ ।’

Previous Post

स्थानीय तहले समयमै बजेट नल्याउँदा कस्तो असर पर्छ ?

Next Post

विविधता हाम्रो सम्पती हो, यसलाई गोलवद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे

Next Post

विविधता हाम्रो सम्पती हो, यसलाई गोलवद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन