पोखरा । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकै दिन सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँ घटेको छ ।
बिहीबार सुनको भाउ बिहीबार तोलामा तीन सय रुपैयाँ बढेको थियो ।
मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ८९ हजार चार सय रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा सुनको भाउ प्रतितोला एक लाख ८९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज पोखरामा चाँदी प्रतितोला दुई हजार एक सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।






