पोखरा । गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको संसद बैठकमा विनियोजन विधेयक पारित भएको हो ।
माओवादीले बजेटको विपक्षमा मतदान गरे पनि राप्रपा तटस्थ बसेको थियो ।
त्यसअघि आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बिहीबार मन्त्रीहरुले सांसदले बजेटका विषयमा उठाएका जिज्ञासा र प्रश्नका बारेमा जवाफ दिएका थिए ।
सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो ।
बजेटप्रति विपक्षीमात्र होइन सत्तापक्षका सांसदले नै असन्तुष्टि जनाएका छन् ।






