• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रारम्भिक बाल विकास तथा शिक्षालाई २ वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्ने सहमति

by
June 27, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको छ ।

 शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको हो ।

सहमतिअनुसार बाल विकास शिक्षालाई आधारभुत शिक्षामा समेटिएको छ ।

समिति सभापति अम्मरबहादुर थापाले आधारभुत शिक्षा भन्नाले प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षा सम्झनुपर्ने विषयमा सहमति जुटेको बताउनु भयो ।

उहाँकाअनुसार स्थानीय तहले राष्ट्रिय मापदण्डको अधिनमा रही बालविकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछन् ।

ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्नसक्ने, स्रोतको सुनिश्चितता गरी सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछन् ।

कुनैपनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुनेगरी सञ्चालन गर्न नपाउने र पूर्व प्राथमिक शिक्षा भन्नाले आधारभूत तहको कक्षा १ मा भर्ना हुनुअघि दिइने शिक्षा सम्झनुपर्नेमा सहमति भएको उहाँले बताउनु भयो ।  

सभापति थापाकाअनुसार हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन ।

साथै यो ऐन र प्रचलित अन्य कानुनमा जुनसुकै कुरा लेखिएता पनि प्रारम्भिक बाल विकास तथा शिक्षाको अनुभव नभएका बालबालिकालाई कक्षा १ मा भर्ना गर्नबाट वञ्चित गर्न नपाइने र ऐन प्रारम्भ भएदेखि बाल सहजकर्ताको रुपमा नियुक्ती हुन कम्तिमा कक्षा १२ वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । 

सभापति थापाकाअनुुसार ऐन प्रारम्भ भएपछि नियुक्ति हुने बाल सहजकर्ता सेवा प्रारम्भ गर्नुअघि स्थानीय कानूनमा व्यवस्था भएबमोजिम सेवा प्रवेश तालिम लिनुपर्नेछ ।

शुक्रवारको बैठकमा सांसदहरुले बालविकास क्षेत्र मानव जिवनको सबैभन्दा शुरुको चरण रहेको बताउँदै यसलाई विद्यालय शिक्षाभन्दा बाहिर राख्न नहुनेमा जोड दिएका थिए ।

Previous Post

निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः सभापति देउवा

Next Post

अहिले ल्याइएको बजेट ०६४ साल यताकै व्यवहारिकः काँग्रेस सांसद जबरा

Next Post

अहिले ल्याइएको बजेट ०६४ साल यताकै व्यवहारिकः काँग्रेस सांसद जबरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन