पोखरा | नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
शनिवार जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्नुभयो । समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा हुन नसकेकाले आफूले राजनीतिमा पुनः अग्रसर हुनुपर्ने देखेको र त्यही लक्ष्य पूरा गर्न नेकपा एमालेको सदस्यता नविकरण गरेको घोषणा गर्नुभएको थियो ।
सोही बारेमा सञ्चारकर्मीको प्रश्नमा प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताउनु भयो । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको जिकिर गर्नुभयो ।






