• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भएनः प्रमुख सचेतक घिमिरे

नीतिप्रेस by नीतिप्रेस
June 30, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

रोल… सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो ।

संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रश्तुतपछि बोल्दै उहाँले न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भएको बताउनु भयो ।

संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो नभएको बताउनु भयो ।

सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने परिपाटी अन्त्य गर्ने योजना के छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै यसलाई रोक्नपर्ने बताउनु भयो ।

यो रोकिएन भने एक प्रकारको असमाञ्जस्यता निर्माण हुने र यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भयो । सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने भएको छ । सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्त जुन छ । यसमा यो उल्लंघन हुन थालेको देखिएको छ । एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ । यसलाई रोक्नै पर्छ । यो रोकिएन भने एक प्रकारको असमाञ्जस्यता निर्माण गर्दछ । विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको देखिएको छ । अदालतले कानूनको व्याख्या, संविधानको व्याख्या गर्ने हो । कुनै कानून संविधानसम्मत भएन भने त्यसको व्याख्या गर्ने हो । तर त्यो भन्दा बाहिर गएर संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भइरहेको छैन । यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।’

प्रमुख सचेतक घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको बताउनु भयो । असाधारण अधिकार क्षेत्र भनेर कार्यान्वयन नै हुन नसक्ने अस्वभाविक र अव्यवहारिक निर्णय गरिदिने गरेको बताउनु भयो ।

Previous Post

अरब संसदद्वारा प्यालेस्टिनी उद्देश्यको लागि समर्थन पुष्टि

Next Post

अफगानिस्तानद्वारा १३० क्षेत्रमा पूर्ण आत्मनिर्भरता घोषणा

Next Post

अफगानिस्तानद्वारा १३० क्षेत्रमा पूर्ण आत्मनिर्भरता घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन