पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता विस्तरा गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्युनतम रहेका कारण यो समस्या आइरहेको जिकिर गर्नुभयो ।
नेपाल एयरलाइन्सले विदेशी यात्रु बोक्ने क्षमता १० प्रतिशत मात्रै रहेको भन्दै यसलाई विस्तार गर्न नेपाल एयरलाइन्सलाई सशक्त बनाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ । सक्दै नसकेको कारण के हो भने हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्युनतम भयो ।
बाहिरबाट विदेशी यात्रुहरु जम्मा १० प्रतिशत मात्रै बोक्ने । यो कसरी बढाउन सकिएला भनेर लिजमा लिनेकुरा पनि एउटा उपाय हो ।
लिजमा लिने होमवर्क पनि भइरहेको । यसकै व्यवस्थापन सुधारको कुरामा पनि लागेका छौँ ।
अलि ठूलो आकारको एयरलाइन्सहरुसँग सहकार्य गरेर काम गर्नसके र नेपाल एयरलाइन्सले सेवाको क्षमत विस्तार गरेमात्रै टिकटको व्यालेन्स हुन्छ । १० प्रतिशत मात्रै यात्रु बोक्ने हामीले ९० प्रतिशत विदेशीले बोक्ने कुराको व्यालेन्स नै गर्न सक्दा रहेनछौँ ।
बाइट…बद्रिप्रसाद पाण्डे, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री पाण्डेले राम्रो ऐन र नियम बनाउन जरुरी रहेको बताउनु भयो ।






