• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कुलिङ पिरियड चलखेलबारे समिति सभापति र सचिवको राजीनामा माग्दै एमालले भन्योः यो घृणित काम हो

नीतिप्रेस by नीतिप्रेस
July 2, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कुलिङ पिरियडमा भएको चलखेलबारे नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले नैतिकताको हिसावले समिति सभापति र समिति सचिवले नेतृत्व लिइरहन निमिल्ने बताउनुभएको हो ।

उहाँले निजामती कर्मचारी विधेयक महिनौँ लगाएर पारित गरेको र यसमा जालझेल हुनेकुरा संसदप्रतिको अपमान भएको बताउनु भयो ।

कुनैपनि निजामति कर्मचारी सेवा निवृत्त भएपछि वा अवकाश लिएपछि दुई वर्षसम्म कुलिङ पिरियड रहने भनेर समितिले निर्णय गरेको तर समिति सभापति र सचिवले अरु मन्त्रालयहरुले जे ल्याएर दिए त्यसैमा हस्ताक्षर गरेर बुझाएको भन्ने गैरजिम्मेवार तर्क दिन नमिल्ने बताउनु भयो ।

यो काम नेपालको इतिहासमा घृणित कार्य भएको बताउनु भयो । सांसद गिरीले भन्नुभयो, ‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा समितिले जसरी महिनौँ लगाएर गम्भीरताका साथ छलफल गरेर विशेष गरी कुलिङ पिरियडका सन्दर्भमा कुनैपनि निजामति कर्मचारी सेवा निवृत्त भएपछि वा अवकाश लिएपछि दुई वर्षसम्म कुलिङ पिरियड रहने भनेर यो समितिले एकमतले पारित गरेको हो ।

यो गरेको कुरा सबैका बीचमा छर्लङ्ग छ । बैठकमा एकमले पारित भएको विषय यही समितिको प्रतिवेदनमा माननीय सभापतिज्यु र सचिवज्युले हस्ताक्षर गरेको प्रतिवेदनमा फरक ढंगले प्रश्तुत भयो । सिंगो समितिलाई गुमराहमा राख्ने काम भयो ।

यो सार्वभौम संसदको यो समितिलाई यस प्रकारले उपहास गरियो मलाई लाग्छ, नेपालको इतिहासमा यो सबैभन्दा लज्जाजनक,घिनलाग्दो अवस्था हो । जनप्रतिनिधिले यो हदसम्मको काम गर्दछन् भन्नेकुरा कल्पना गर्न पनि नसकिने कुरा हो ।

माननीय सभापतिज्यु र सचिवज्युको हस्ताक्षर छ । कसले के भन्यो त्यो तपाईंले जान्ने कुरा हो ।

समितिले गरेको निर्णय जस्ताका त्यस्तै पठाउने काम र दायित्व सभापति र सचिवज्युको हो । अरु मन्त्रालयबाट जे आयो त्यसैलाई सही गरेर पठायाँै भन्नेकुरा गैरजिम्मेवार हो । नैतिकताको हिसावले यहाँहरुले यो समितिको नेतृत्व लिन मिल्दैन ।

सांसद गिरीले दोषीलाई कारबाहीको विषय बनाउनुपर्ने बताउनु भयो ।

Previous Post

वैदेशिक रोजगारीमा जाने श्रमिकको हक हितको सवालमा सरकारले कुनै सम्झौता गर्दैनः मन्त्री भण्डारी

Next Post

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी

Next Post

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन