नेपालमा शहरी जनसंख्या २७ प्रतिशत रहेको छ ।
शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।
शहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ ।
काठमाडौं उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् ।
शहरीकरण प्रँयः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताउनु भयो ।
सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला शहरीकरणका सम्भावनाहरु यि प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताउनु भयो ।
महानगरहरुमा भाडामा बसोवास गर्नेहरुको संख्या धेरै (करिव ४३ प्रतिशत) रहेको बताउनु भयो ।
गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताउनु भयो ।
शहरी क्षेत्रमा इन्टरनेटको पहुँच इन्टरनेटको पहुँच काठमाडौं उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ ।
शहरीकरण हुँदै जाँदा व्यक्तिहरुको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको बताउनु भयो ।
आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उहाँले बताउनु भयो ।
शहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरुको संख्या बढी रहेको छ । शहरीकरण वागमती, कोशी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ ।
जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।




सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com