• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

७३ जिल्लामा पुग्यो डेंगु, पछिल्लो एक हप्तामा नेपालमा ३५ जनालाई कोरोना संक्रमण

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् ।


सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका हुन् ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगी संक्रमणको केस नपाइएको बताउनु भयो ।

सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् ।

जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको बताउनु भयो ।

उहाँले ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय भएको बताउनु भयो । प्रवक्ता बुढाथोकीकाअनुसार डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन् । डेंगी संक्रमित करिव ८० प्रतिशत केसहरुमा लक्षण नदेखिने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउन बोर्डको असार ८ गते बसेको बैठकले निर्णय गरेको छ । २०८२ को साउन १ गतेबाट लागू हुनेगरी यस निर्णयबमोजिम अब प्रथम सेवा बिन्दुका रुपमा केबल सरकारी स्वास्थ्य संस्थामा मात्रै रहने जानकारी गराउँछु । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धमा सबै निजी तथा सामुदायिक अस्पताललाई परिपत्रमार्फत जानकारी पनि गराइसकेका छौँ । यस निर्णयले बीमा सेवा व्यवस्थापनमा थप प्रभावकारी हुने र सेवालाई पारदर्शी बनाउने विश्वास मन्त्रालयले लिएको छ । हाल मनसुन शुरु भएसँगै लामखुट्टेको संख्यामा वृद्धि भइरहेको छ । जसले डेंगी लगायतका रोगहरुको जोखिम बढाएको छ । नेपालमा मिति २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा केस दर्ता भएका छन् । हिमाली ४ जिल्ला, डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने यस वर्ष हालसम्म केस देखिएका छैनन् ।


उहाँकाअनुसार नेपालमा कोभिड १९ को संक्रमण अन्य थप जिल्लाहरुमा पनि देखिन थालेको छ ।

२०८१ को पुस १७ गतेदेखि २०८२ को असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट कोभि १९ का २ सय ४३ केस दर्ता भएको बताउनु भयो ।

प्रवक्ता बुढाथोकीले पछिल्लो एक हप्तामा नेपालमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो ।

सरकारले कोभि १९ को जोखिमलाई मध्यनजर गरी १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड १९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताउनु भयो ।


प्रवक्ता बुढाथोकीले कोशी प्रदेशमा पशुपतिनगर हेल्थ डेस्क, मेची हेल्थ डेस्क, रानी हेल्थ डेस्क, मधेस प्रदेशमा मदर हेल्थ डेस्क, बिर्तामोड, गौर हेल्थ डेस्क, इनरुवा वीरगञ्ज हेल्थ डेस्क, लुम्बिनीमा गलैया हेल्थ डेस्क, कृष्णनगर हेल्थ डेस्क, जमुना हेल्थ डेस्क, गण्डकीमा त्रिवेणी हेल्थ डेस्क, सुदूरपश्चिम प्रदेशमा त्रिनगर हेल्थ डेस्क, गड्डाचौकी हेल्थ डेस्क, झुलाघाट हेल्थ डेस्क, कुलाघाट हेल्थ डेस्क, टिकापुर हेल्थ डेस्क र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई नाका गरी १७ वटा नाकाबाट निगरानी भइरहेको बताउनु भयो ।

Previous Post

बाजागाजाहरु जनताका आवाज पनि हुन्ः उपप्रमुख डंगोल

Next Post

आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

Next Post

आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन