• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी”

नीतिप्रेस by नीतिप्रेस
July 5, 2025
in agriculture, Uncategorized, अन्तर्राष्ट्रिय समाचार, कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” सार्वजनिक गरिएको छ ।

गैह्रपाटनस्थित उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा उपन्यास सार्वजनिक गरेका हुन्। 

सार्वजनिकीकरण कार्यक्रमलाई स्वागत गर्दै कवि तथा लेखक गनेस पौडेलले लेखक कार्की फोटोग्राफी तर्फ अत्यन्त रुचि राख्ने र मूलतः मानवीय संवेदनालाई छुन सक्ने एउटा भावात्मक र प्रेमिल मनका व्यक्ति भएको बताए। उनले यस उपन्यासको सुरुवाती लेखनका क्रममा लेखक कार्कीले उपन्यासको परिकल्पना सुनाएको स्मरण गर्दै त्यति बेलै पहिलो अध्याय सुनेर आनन्दित भएको र सुन्दर किताब आउंदैछ भन्ने महसुस गरेको बताए।  

उपन्यासमाथि चर्चा गर्दै साहित्यकार, विश्लेषक तथा लेखक गौरी तमुले ‘कुनै एक समुदायको संस्कृतिलाई अर्को समुदायले कसरी हेरिरहेको हुन्छ ?’ भन्ने कुरा उपन्यास मिथकको हकदावी ले देखाउन खोजेको बताइन्। उनले नेपालमा रहेका धेरै समुदायका संस्कृतिहरू लोप भइसकेको अवस्थामा नेवारी समुदायका युवायुवती आज पनि आफ्नो संस्कार संस्कृतिलाई बचाउन सक्रिय रहेको भन्दै अन्य जाति समुदायले पनि आफ्नो संस्कृतिको संरक्षण गर्न युवापुस्तालाई अगाडि बढाउनुपर्छ भन्ने यो उपन्यासले सिकाएको बताइन्।

उपन्यासमाथि समीक्षा गर्दै लेखक, समीक्षक त्रिवेणीले मिथकको हकदावीले साहित्यीक क्षेत्रलाई थप बलियो बनाउनुका साथै लेखन शैलीको चर्चा गरे। उनले उपन्यासमा एउटा पात्र विदेशी भूमिबाट आएर यो माटो संस्कृति समाज र यो देश मेरो हो भनेर जसरी हकदावी पेश गर्न खोजेको छ, त्यसरी नै पछिल्लो समय नेपालमा पनि आफ्नो थातथलो फर्कने प्रचलन सुरुवात भएको भन्दै उपन्यास मिथकको हकदावीलाई त्यो अर्थमा सामाजिक यथार्थवादी सुन्दर पुस्तक मान्न सकिने बताए। 

शुभकामना मन्तव्य व्यक्त गर्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कतिपय संस्कृति लोप हुँदै गइरहेको अवस्थामा फरक समुदायको व्यक्तिले नेवारी समुदायको विषयमा कथा वस्तु लेख्नु आश्चर्यजनक र सुखद पक्ष रहेको बताए। उनले विविध कारणले नेपालीहरू बिदेसिन बाध्य रहेको औँल्याउँदै खास गरी पश्चिमा मुलुकमा गएका पहिलो पुस्ताले आफ्नो पहिचान नभुले पनि दोस्रो पुस्ताले आफ्नो देश, भाषा र संस्कृति बिर्सिँदै गइरहेको अवस्थामा अमेरिकामा रहेको युवाले आफ्नो पुर्खा खोज्दै आफ्नो हकदावी पेश गर्नु महत्त्वपूर्ण पक्ष रहेको बताए। 

कार्यक्रमको अन्त्यमा बोल्दै लेखक कार्कीले उपन्यासमा आदिमतादेखि समुदायको अस्तित्व के हो भनेर ? प्रश्न गर्न खोजेको बताए। उनले उपन्यासमा जात्रा र पर्वहरूलाई रोज्नुको कारण बताउँदै ‘समुदायले देखाएको भोटो अमूर्त तरिकाले कसको हो ? भनेर कुनै व्यक्ति विशेषलाई सोधिरहेको भन्दै व्यक्ति र समुदाय बीचको सम्बन्ध के हो भनेर घोत्लिँदा ‘मिथकको हकदावी’ तयार पारेको बताए।

Previous Post

सरकारी मुद्दामा सरकारी वकिलको अनिवार्य प्रतिनिधित्व गराउन महान्यायाधिवक्ता कार्यालयले थाल्यो गृहकार्य

Next Post

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

Next Post

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन