• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया

नीतिप्रेस by नीतिप्रेस
July 7, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुखद पक्ष भएको बताउनुभयो।प्रमुख पौडेलले २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान सफल रूपमा लागू गर्न सरोकारवाला सबैको सहयोग र सुझाव आवश्यक हुने उल्लेख गर्दै समन्वयका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले कास्कीका सबै पालिकामा योजनाबद्ध रूपमा सरकारको अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन आग्रह गर्नुभयो।


जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्यले हालसम्म जिल्लामा गरिएको तयारी र आगामी दिनमा गर्नुपर्ने कार्य, साथै रणनीतिक योजना निर्माणका विषयमा जानकारी दिनुभयो। उहाँले चालू वर्षको अन्त्यसम्म योजना बनाएर कार्यान्वयनमा लैजान सबै पालिकाहरुलाई आग्रह गर्नुभयो।


कास्कीका जि स स उप प्रमुख सरिता मालले कार्य योजना मुताबिक काम गर्नु पर्ने भन्दै सबैको सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा कास्कीस्थित राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रमुख तथा उपप्रमुख, शिक्षा महाशाखा तथा इकाइ प्रमुखहरू, शिक्षक तथा अभिभावक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको सन्दर्भमा आफ्ना धारणा राख्नुभएको थियो।


जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सम्पन्न कार्यक्रम शाखा अधिकृत टंकराज पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

Previous Post

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी

Next Post

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँः प्रधानमन्त्री ओली

Next Post

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन