युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा विक्री शुरु गरिएको छ ।
खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि नेपाल वितरक तथा इना सेन्टरका सञ्चालक उद्धव प्याकुरेलले बताउनु भयो । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरु नेपाली बजारका इकमर्स, इनासेन्टरबाट नेपालभर विक्री गरिने जानकारी दिनुभयो । आफूहरु खादलासलाई नेपालको नम्बर वान सेलिङ ब्राण्ड बनाउने सोचअनुसार अघि बढिरहेको बताउनु भयो । खादलासका उत्पादनहरुको गुणस्तर राम्रो रहेको र नेपालीहरुले पनि किन्नसक्ने उत्पादन सामग्री रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘खादलास युएईको प्रतिष्ठित विगत २५ देखि ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । आजदेखि हामीले नेपालमा भित्र्याएका छौँ । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरु नेपाली मार्केटमा इकमर्स, इनासेन्टरको चेनमा नेपालभर नै विक्री हुँदैछ । नेपालको यो नम्बर वान सेलिङ ब्राण्ड बनाउँछौँ भनेर लागेका छौँ । गुणस्तर धेरे राम्रो छ । नेपालीहरुले किन्नसक्ने प्राइज छ । मार्केट डे बाइ डे बढिरहेको छ ।’
उहाँले खादलासको नेपालमा बजार दिनप्रतिदिन बढिरहेको र ३० करोड बराबरको बजार भइसकेको दाबी गर्नुभयो ।






