• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट

नीतिप्रेस by नीतिप्रेस
July 14, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताउनुभएको छ ।


प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिव ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो । उहाँले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताउनु भयो । उहाँले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दीगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘नेपालमा जलविद्युत उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले भनिरहेका छन् । जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्ने देखिएको छ । जलविद्युत आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार तथा दीगो भविष्यको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ । हालसम्म जटित विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको छ । विगतको अवस्थालाई हेर्दा यसलाई उत्साहजनक उपलब्धी नै मान्नुपर्छ । जसले विगतको लोडसेडिङको अवस्था अन्त्य गर्दै हामीलाई उर्जा आत्मनिर्भरतिर अग्रसर बनाएको छ । विद्युत उत्पादन क्षमतामा आएको वृद्धि, राष्ट्रिय प्रशारण आएको विस्तार र विदेशी लगानी तथा निजी लगानीकर्ताको साझेदारीले उर्जा उत्पादन र आुपर्ती प्रणालीलाई सन्तुलनतर्फ उन्मुख गरेको छ ।’
उहाँले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाई मात्र विद्युत उत्पादन गर्न सकिने पनि बताउनु भयो । उहाँले विद्युत उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताउनु भयो ।

Previous Post

प्रचण्डको दाबीः कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ

Next Post

गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन राष्ट्रपतिको आग्रह

Next Post

गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन राष्ट्रपतिको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन