• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालो मसी छर्किने ३ जना व्यक्ति पक्राउ

by
July 15, 2025
in कास्की, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा |कास्कीको पोखरा महानगरपालिका–१७ स्थित श्री छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री पहारीमाथि कालो मसी छर्किएको घटनामा संलग्न रहेको आरोपमा तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। असार २७ गते बिहान करिब ८:४५ बजे दुई जना अपरिचित व्यक्तिहरूले विद्यालय परिसरमै अध्यक्ष पहारीमाथि मसी छर्की फरार भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अभियुक्तहरूमा बझाङ जिल्ला, केदास्यु गाउँपालिका–४ का ३५ वर्षीय लोकेन्द्र विश्वकर्मा उर्फ सुजन आयम छन्, जो नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य हुन्। उनी हाल पोखरा–१४ औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका थिए। त्यस्तै, घटनामा प्रत्यक्ष संलग्न भई मसी छर्किएका व्यक्ति अछाम, बानियागढी गाउँपालिका–५ का २६ वर्षीय राजन साउद (नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकी प्रदेश संयोजक) र बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका–२ का १८ वर्षीय वासुदेव बुढा (नेपाल क्रान्तिकारी विद्यार्थी संघ कास्की जिल्ला संयोजक) रहेका छन्। राजन र वासुदेव दुवै हाल पोखराको औद्योगिक क्षेत्र र प्रस्याङ क्षेत्रमा बस्दै आएका थिए।

तीनै अभियुक्तहरूलाई सार्वजनिक हित, सुरक्षा, स्वास्थ्य, सुविधा र नैतिकता विरुद्ध अभद्र व्यवहार गर्ने कसूरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। साथै, उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ (Extortion) सम्बन्धी कसूरमा समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकासँगै प्रहरीले घटनास्थल तथा उनीहरूकै बासस्थानबाट विभिन्न आपत्तिजनक सामग्रीहरू बरामद गरेको छ। बरामद सामग्रीहरूमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको दुई थान सहयोग रसिद ठेली, राष्ट्रिय सम्मेलन आयोजक समिति लेखिएको एक थान रसिद ठेली, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ४ नं. ब्यूरोको रसिद ठेली, विभिन्न व्यक्तिहरूको नाममा काटिएका रसिद अर्धकट्टी, श्री छोरेपाटन माविका प्रधानाध्यापकलाई चेतावनीस्वरूप लेखिएको एक थान पत्र, विभिन्न कार्यालयहरूलाई लेखिएका ६० थान आर्थिक सहयोगका मागपत्रहरू, ३२ थान सहयोग रसिदहरू, पार्टीको चिन्ह भएको १७ थान खाली खाम, क्रान्तिकारी ट्रेड युनियन महासंघ लेखिएको रातो टोपी, अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिको माइन्युटिङ रजिस्टर, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नवौं महाधिवेशन आयोजक समिति प्रतिवेदन तथा विधान २०८१, विभिन्न किसिमका फ्लेक्स प्रिन्ट ब्यानरहरू, डायरी तथा पुस्तकहरू, साथै तीन थान मोबाइल फोन रहेका छन्।

प्रहरीका अनुसार, घटनाको उद्देश्य र पृष्ठभूमि गम्भीर प्रकृतिको रहेकोले विस्तृत अनुसन्धान अगाडि बढाइएको छ। घटनामा संलग्न अन्य व्यक्ति वा संगठित समूहहरूको संलग्नता भए/नभएकोबारे थप खोजी भइरहेको छ। यस घटनाले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप बढ्दो रहेको संकेत दिएको भन्दै प्रहरी प्रशासनले शान्ति सुरक्षाका लागि कडा निगरानी राखिएको जनाएको छ। साथै, पक्राउ परेका अभियुक्तहरू तथा बरामद सामग्रीहरूको फोटोसमेत प्रहरीले सार्वजनिक गरिसकेको छ।

Previous Post

जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।

Next Post

एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयनमा आउँदै

Next Post

एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयनमा आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन