• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रजातान्त्रिक विचार समाजको वक्तृत्वकलामा जस्मिन र सुस्मिता प्रथम

नीतिप्रेस by नीतिप्रेस
July 21, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । साहित्यकार एवं जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको अवसर पारेर प्रजातान्त्रिक विचार समाज कास्कीले आयोजना गरेको विद्यार्थी लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको  । 

‘वर्तमान सन्दर्भमा वीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद’ शीर्षकमा भएको प्रतियोगिताअन्तर्गत कक्षा ११ र १२ तर्फ जस्मिन रानाभाट प्रथम, अदीति पराजुली द्वितीय, गीता किसान तृतीय र स्मृति लम्सालले सान्त्वना स्थान हासिल गरिन् ।

प्रथम हुन सफल रानाभाटले सात हजार, पराजुलीले पाँच हजार, किसानले तीन हजार र लम्साले एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी विश्वविद्यालयका क्याम्पसतर्फ सुस्मिता चौधरी प्रथम, स्वस्तिका क्षेत्री द्वितीय, वृन्दा सुवेदी तृतीय र विप्लवी न्यौपानेले सान्त्वना स्थान हासिल गरिन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः सात हजार, पाँच हजार, तीन हजार र एक हजार पाँच सय राखिएको थियो ।

प्रतियोगितामा कास्कीका कक्षा ११ र १२ तर्फका २६ जना तथा विश्वविद्यालयतर्फ विभिन्न क्याम्पसका २१ जना गरी जम्मा ४७ जना सहभागी थिए ।

प्रतियोगितामा प्राडा जगन्नाथ रेग्मी, उपप्राध्यापक वेदहरि तिमिल्सिना, उपप्राध्यापक बिन्दु पौड्याल र उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठी निर्णायकको भूमिकामा थिए ।

कार्यक्रममा वक्ताले बीपी कोइरालाले परिकल्पना गरेको प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई वर्तमानमा नेतृत्व गर्नेहरूले पालना गर्ने हो भने देश सुशासन र समृद्धितर्फ अघि बढ्ने ठोकुवा गरेका थिए । 

विद्यार्थीहरूले वीपीको देश सुहाउँदो शासन व्यवस्था, भ्रष्टाचारमुक्त शासन प्रणाली, समतामूलक समाजको निर्माण र उत्पादन तथा वितरणमा समान सहभागिता भन्ने मान्यता आजका सन्दर्भमा सार्थक रहेको धारणा व्यक्त गरे । सहमति, मेलमिलाप र सहकार्यलाई आत्मसात नगर्दा धेरै समस्या आएकोतर्फ पनि उनीहरुले संकेत गरे ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं विश्लेषक विश्व सिग्देलले आलोचनात्मक सोच र निरपेक्ष भएर बुझ्न सक्ने सामथ्र्यबाट नै असल व्यक्ति बन्न सकिने धारणा राखे ।

कार्यक्रममा जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, प्राडा कुसुमाकर न्यौपाने, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, विचार समाजका पूर्व अध्यक्ष धर्म अधिकारी, प्रा. पदमशरण रेग्मी, पूर्व केन्द्रीय सदस्य हेरम्बप्रसाद कोइराला, सूर्यभक्त सिग्देललगायतले प्रजातान्त्रिक विचार नै विश्वको सर्वोत्तम दर्शन भएको बताए ।

उनीहरुले विद्यार्थीलगायत युवा वर्गलाई राष्ट्र र समाजप्रति सकारात्मक भाव जगाउन पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले यस प्रकारका कार्यक्रमको निरन्तरताको कामना गरे ।

कार्यसमिति प्रमुख शिशुकला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणसिंह गुरुङले स्वागत र सचिव डा. विष्णुप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

Previous Post

किन गरिन्छ साउने सोमबारको व्रत ?

Next Post

आज नेपालले बंगलादेशको सामना गर्दै, जित्नै पर्ने दवाव

Next Post

आज नेपालले बंगलादेशको सामना गर्दै, जित्नै पर्ने दवाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन