• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छोराको विदेशमा मृत्यु, बुवालाई बाघले मार्‍यो

नीतिप्रेस by नीतिप्रेस
July 29, 2025
in कास्की, घटना, नेपाली समाचार आजको, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवनमा कुनैबेला वर्षमा १४ जनासम्मलाई बाघले मार्थ्यो, अहिले यो संख्या हृवात्तै घटे पनि बाघका कारण ज्यान गुमाउनेका परिवारको पीडा कम छैन

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा जंगली जनावरले १३ जनाको ज्यान लियो । ती मध्ये बाघको आक्रमणबाट ज्यान गुमाउने मध्यवर्तीका पदमबहादुर राना मगर एक्ला हुन् ।

खैरहनी नगरपालिका–१३ कुमरोज सिम्रनी गाउँका पदमबहादुरको गोठमा भैंसीका दुई पाडी छन् । सिम्रनीको सुकुम्बासी बस्तीका बासिन्दा पदम साना पाडी सस्तोमा किनेर हुर्केपछि अलि बढी मूल्यमा बेचेर आर्जन गर्ने योजनामा थिए । पाडीलाई घाँस लिन उनी दिनहुँ बिहान जंगल जान्थे ।

निकुञ्ज छेउको कुमरोज मध्यवर्ती सामुदायिक वनको नजिकै छ पदमबहादुरको घर । नजिकैको वनबाट ल्याएको घाँस खुवाएर हुर्काउँदा कम लागतमै पाडी पाल्न सकिने उनको आँकलन थियो । घाँस लिन अरु दिनझै असार २७ गते सबेरै उनी वन पसे । तर सँगै गएका दुई जना महिला फर्के पनि पदमबहादुरको शव जंगलमा भेटियो । घाँस काटेर भारी हाल्न ठिक्क परेका पदमलाई बाघले आक्रमण गरेर ज्यानै लियो । पदमबहादुरका दुई छोरी र एक छोरा गरी तीन सन्तान हुन् ।

छोरा खमबिर राना मगर वैदेशिक रोजगारीमा मलेसिया गएका बेलामा उतै बिते । पदमबहादुरकी बुहारी लक्ष्मी राना मगर भन्छिन्, ‘पहिला हाम्रो चितवन पिठुवामा पसल थियो । घाटा हुँदै गएपछि बेचेर नेपालगञ्ज लाग्यौं । तर न अहिले सम्पत्ति छ, न घरका बाउछोरा नै ।’

पिठुवामा र नेपालगञ्जमा पनि आफ्नो नाममा जग्गा थियो । व्यवहार मिलाउन पिठुवाको जग्गा बेचेर उनीहरु नेपालगञ्ज लागे । ऋणमुक्त नभएपछि कमाउन भन्दै बुवा पदम भारत र छोरा खमबिर मलेसिया गएका थिए । तर मलेसियामा त्यस्तो घटना भएपछि उनीहरुले नेपालगञ्जको पनि जग्गा बेचेर ऋण तिर्नुपर्‍यो । त्यसपछि उनीहरु फेरि चितवन फर्केर सिम्रनीमा बस्न सुरु गरे । सिम्रनीकी बासिन्दा खैरहनी–१३ का वडासदस्य मनमाया तामाङ गाउँका दुई सयभन्दा बढी घरधुरीसँग पदमबहादुरको परिवारको जस्तै लालपुर्जा छैन । त्यसैले उनीहरु आर्जनका लागि बाख्रा, पाडा पाल्ने गर्छन् ।

पदमबहादुरले पिठुवा बस्दा दुध पनि बिक्री गर्थे । त्यसैले उनले एउटा गाई पनि पालेका थिए । तर सोचेजस्तो आम्दानी नभएपछि उनलाई पाडी पाल्दा अलि राम्रो होला कि भन्ने लाग्यो । उमेर ७० नाघे पनि उनी मेहनत गर्थे । तर प्रतिफल भोग्न नपाउँदै बाघका कारणले उनको जीवन समाप्त भयो । सासू दिलमायासहित बसेकी लक्ष्मीका पनि दुई सन्तान छन् । उनको छोरा २२ र छोरी १८ वर्षका भए । ‘हाम्रो समस्या थपिँदै गयो । १२ पढेपछि छोरो काम गर्न विदेश गयो । छोरीले १२ पढ्दै छ । घर वनको आडमा छ । वनबाटै दाउरा घास गर्ने हो,’ लक्ष्मीले भनिन्, ‘खेतमा घाँस काटौं आफ्नो जमिन छैन । जंगल नगई उपाय लाग्दैन ।’

यो घटनापछि डरैडरले स्थानीय जंगल जान छाडेका छन् । अहिले परालको भरमा छन् पदमबहादुरको गोठका पाडी । पराल महँगो पर्ने भयो । हरियो घाँस जस्तो पोषिलो पनि हुँदैन । त्यसैले पाडी पाल्ने कि बेच्ने भन्ने दोधारमा छिन् लक्ष्मी । बाघको आक्रमणमा परेर स्थानीयको ज्यानै जाने घटना उच्च तहमा पुगेर उल्लेख्य रुपमा घटेको पनि छ । तर एकाध नै भए पनि बाघका कारण ज्यान गुमाउने जो छन् उनीहरुका परिवारको व्यथा गहिरो भएको लक्ष्मीको छटपटीले देखाउँछ ।

घट्दै बाघ आक्रमणका घटना

कुमरोज गाउँ बाघबाट हुने मानवीय क्षतिले कुनै बेला निकै अत्तालिएको थियो । सरकारले २०७९ साउन १३ मा विश्व बाघ दिवसको दिन पारेर नेपालमा रहेका बाघको संख्या सार्वजनिक गर्‍यो । देशभर ३५५ र चितवनमा मात्रै देशकै सबैभन्दा धेरै १२८ बाघ रहेको घोषणा भएको थियो ।

२०७८ मंसिरदेखि फागुनसम्म भएको बाघ गणनाको नतिजा त्यसदिन सार्वजनिक भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा चितवनमा बाघले मान्छेको ज्यान लिने घटना अत्याधिक भएका थिए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको विवरण अनुसार ०७८/७९ मा बाघको आक्रमणबाट मध्यवर्ती क्षेत्रका १४ जनाको ज्यान गएको थियो । यद्यपि उक्त आर्थिक वर्षभित्र निकुञ्जले बाघले ज्यान लिएका मध्ये ११ जनाका परिवारलाई मात्रै राहत रकम वितरण गर्न भ्याएको थियो । उक्त आर्थिक वर्षमा कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मात्रै बाघले ६ जनालाई आक्रमणमा गरेको थियो । आक्रमणमा परेकामध्ये चार जनाको निधननै भएको थियो ।

गत आर्थिक वर्ष ०८१/८२ मा वन्यजन्तु आक्रमणमा परेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १३ जनाको मृत्यु भएको निकुञ्जको सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । जसमध्ये बाघको आक्रमणबाट मृत्यु हुने एक जना मात्रै कुमरोजका पदमबहादुर राना मगर हुन् । बाघले आक्रमण गर्दा अन्य एक जनाको पनि निधन भएको थियो ।

पूर्वी नवलपरासी तमासपुरमा बाघलाई पासोमा पारेर मार्ने योजनासहित जंगल गएका व्यक्तिलाई नै बाघले आक्रमण गरेर ज्यान लिएको खुलेपछि निकुञ्जले ती व्यक्तिलाई १३ जनाको सूचिभित्र राखेको छैन । कुनैबेला त्रासको विषय बनेको बाघ आक्रमणको घटना पछिल्लो समय शून्य नै हुन गाह्रो भए पनि कम हुँदै गएको तथ्याङ्कले देखाउँछ । तर बाघ बढेसँगै आक्रमण पनि बढ्ने चिन्ता उब्जिएको थियो । ‘बाघको संख्या बढ्दैमा बाघले गर्ने घटना बढ्छन् भन्ने हुँदैन । बाघको संख्या बढ्दा बाघ पुरानो बासस्थल क्षेत्रमा मात्रै सिमित नभएर नयाँ वनमा पनि सर्दै जाने र त्यस्तो क्षेत्रमा स्थानीयले सावधानी अपनाउन नसक्दा घटना हुने खतरा रहन्छ,’ बाघ, चितुवा र मानव सम्बन्धबारे विद्यावारिधि गरेका वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले भने । बाघबारेमा सावधानी अपनाउने र समस्या ल्याउन सक्ने बाघलाई बेलैमा नियन्त्रणमा लिने गर्दा आक्रमणको घटना कम गर्न सकिने घटनाक्रमहरुले देखाएको उनले बताए ।

बाघ र मान्छे जम्काभेट हुने क्षेत्र पहिचान गरी त्यसको राम्रो व्यवस्थान हुनुपर्ने उनले बताए । जंगलमा बाघ बढ्दैछन् तुलनात्मक रुपमा कम भए पनि स्थानीय घाँस दाउरा गर्न साग, निउरो टिप्न जंगल जान्छन् । यस्तो अवस्थामा स्थानीयले प्रयोग गर्ने वन क्षेत्र तय गरेर त्यहाँ बाघबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने ढंगबाट व्यवस्थापन गर्नु पर्ने र बाघले प्रयोग गर्ने वन सीमाभित्र स्थानीय जान नहुने वातावरण बनाउन लामिछानेको सुझाव छ । बाघले सामान्य रुपमा मान्छेलाई आक्रमण गर्दैन । अचानक जम्काभेट भएमा र अशक्त भएर सिकार गर्न नसक्ने बेलामा मात्रै आक्रमण गर्ने लामिछाने बताउँछन् । त्यसैले बाघ पाइने जंगल क्षेत्रमा अपनाउनु पर्ने सावधानीका बारे स्थानीयलाई नै सजग बनाउनुपर्छ । यसका साथै जंगलमा सिकार गर्न नसक्ने भएर विस्थापित भइ समस्या ल्याउन सक्ने बाघ पत्ता लगाएर नियन्त्रणमा लिने तत्परता निकुञ्ज प्रशासनले गर्नुपर्ने हुन्छ । ‘एउटै बाघले पनि धेरै जनालाई मारेको उदाहरण छ । त्यस्ता बाघ बेलैमा समाए घटना हुँदैनन्,’ उनले भने ।

लामिछानेको अध्ययनले मानवलाई आक्रमण गरेर समस्या ल्याउने बाघ पाँच प्रतिशत हाराहारीमा हुने देखाएको छ । बाघलगायत जंगली जनावरको आक्रमणबाट बच्नका लागि मुख्यतः उनीहरुको आनीबानीसँग परिचित भएर त्यही अनुरुपको व्यवहार अपनाउनु पर्ने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त बताउँछन् । ‘वनमा कसरी जाने, उपयुक्त समय र तरिका के हो भन्ने जानकारी भयो भने पनि घटना नहुने सम्भावना रहन्छ,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने । उनले समस्या ल्याउन सक्ने बाघलाई निगरानी गर्न क्यामेरा राख्ने गरिएको बताए । ‘यसका साथै निकुञ्ज क्षेत्रभित्र बासस्थल व्यवस्थापनको काम पनि भएको छ । सबैको प्रभावले हो समस्या घटाउने,’ उनले भने ।

वन्यजन्तु विज्ञ लामिछाने वन्यजन्तु आक्रमणका घटना कहिले हृवात्तै बढ्ने र कहिले कम हुने अनि फेरि समस्या बल्झिने खालको देखिने गरेको बताउँछन् । ‘धेरै घटना हुँदा चर्चा बढी हुन्छ, सचेतना पनि बढ्छ । तर बिस्तारै बिर्सन थाले समस्या दोहरिन सक्छ,’ उनले भने ।

उद्धारपछि व्यवस्थापनमा समस्या

चितवन राष्ट्रिय निकुञ्जको टोलीले साउन ६ गते मंगलबार दिउँसो पश्चिम चितवनको मेघौली क्षेत्रबाट एउटा बाघ नियन्त्रणमा लियो । गाउँ नजिक आइपुगे पनि सो बाघले कुनै घटना गराएको थिएन । बाघ आफै फर्केला भन्ने सोचले निकुञ्जको टोलीले निगरानी गरिरहेको थियो । तर दुई/तीन दिनसम्म पनि नफर्केपछि नियन्त्रणमा लिनु पर्‍यो । कुनै घटना नगराए पनि गाउँ आडमा बाघ देखिएपछि नियन्त्रणमा लिनुपर्ने अवस्था बढ्दै गएको प्रमुख संरक्षण अधिकृत पन्त बताउँछन् । तर नियन्त्रणमा लिएको बाघ राख्न समस्या हुँदै आएको छ ।

बाघ राख्ने खोरकै अभाव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष दुई वटा बाघको उद्धार गरेको थियो । ‘तीमध्ये एउटा यहीकै खोरमा राख्यौं । ठाउँ नभएका कारण अर्को एउटालाई पर्सा निकुञ्जको खोरमा पठाउनुपर्‍यो,’ निकुञ्जका सूचना अधिकारी थापा मगरले भने ।

चितवनका खोरहरुमा अहिले सात वटा बाघ छन् । सौराहाको खोरमा दुई वटा र कसराको खोरमा तीन बाघ रहेको उनले जानकारी दिए । देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई वटा बाघ छन् । ‘५/६ वर्षअघि समाएका बाघ पनि खोरमा छन्,’ थापा मगरले भने ।

यसरी उद्धार भएका बाघको व्यवस्थापन विषयलाई लिएर निकुञ्जका अधिकारीहरु सन्तुष्ट देखिदैनन् । ‘बाघलाई भौकै राख्न भएन खुवाउन त खुवाइरहेका छौं । तर भुक्तानी गर्न नै समस्या आउन थालेको छ,’ उनले भने । नियन्त्रणमा लिएका बाघलाई पर्यटनमा उपयोग गर्ने अवधारणा अनुसार देवनगरमा उद्धार केन्द्र बने पनि पर्याप्त उपयोग हुन नसकेको उनले बताए । ‘यस्ता जनावर चिडियाखानाको स्वरुपमा राख्दा ठिक हुन्छ,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने । उद्धार गरिएका जनावरलाई राख्न मापदण्ड बनाउनुपर्ने आवश्यकता पन्तले देखेका छन् । ‘खोर जस्तो नभएर अलि फराकिलो क्षेत्रमा बाघलगायतका उद्धार गरिएका जनावरलाई राखे पर्यटनलाई पनि टेवा पुग्न सक्छ । जनावरले पनि अलि राम्रो वातावरण पाउने थिए,’ पन्तले भने । बाघ संरक्षणमा विगतका प्रयासको समिक्षा गर्दै योजना बनाउन सबै जुटे मानवीय क्षति रोक्दै संरक्षणमा सफलता हासिल गर्न गाह्रो नभएको पन्त बताउँछन् ।

Previous Post

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार, परिवारको जिम्मा लगाउने तयारी

Next Post

बाबाधामस्थित बस र ट्रक ठोक्किँदा १८ कावँरियाको मृत्यू, कैयौँ घाईते !

Next Post

बाबाधामस्थित बस र ट्रक ठोक्किँदा १८ कावँरियाको मृत्यू, कैयौँ घाईते !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन