• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो: रेशमले श्रीमतीलाई हटाएर बुवालाई बनाए अध्यक्ष

नीतिप्रेस by नीतिप्रेस
August 1, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बर्खास्त गर्दै लालवीर चाैधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ । काठमाडाैंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष चुनेको हो ।

नाउपाका सांसदसमेत रहेका लालवीर रेशम चाैधरीका बुबा हुन् । उनी बर्दियाबाट निर्वाचित भएका थिए । अध्यक्ष रञ्जिता श्रीमती हुन्।

हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।

उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं। अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन। एउटा निकासको लागि मात्रै अघि बढेको छ। पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौँ,डेढ वर्षदेखि बैठक नडाकेकाले पार्टी अनिर्णयको बन्दी बनेको थियो । रुपन्देहीमा उपनिर्वाचन आइसकेको अवस्थामा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो ।’

रञ्जिताले भने भेला अवैध भएको जिकिर गरेकी छन् । रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीत निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेकी छिन् । स्वास्थ्यमा समस्या भई उपचारमा रहेको बेलामा बिनाजानकारी गैरकानुनी निर्णय लिएको आरोप लगाएकी छिन् ।

चौधरीले ९ र १० साउनमा संसदीय दलको बैठक राखेर विभिन्न निर्णय गरेका थिए । श्रेष्ठले भनिन्, ‘मेरो स्वास्थ्य समस्या भएर उपचारमा रहेको बेलामा विधानविपरीत बैठक राखेर विभिन्न निर्णय गरेकाले स्पष्टीकरण सोधेकी हुँ ।’

उनले चौधरीलाई सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने ? प्रस्तुतपत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारण युक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाईं कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’ श्रेष्ठका अनुसार उक्त स्पष्टीकरण निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

नाउपाको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । श्रेष्ठका श्रीमान् रेशम चौधरी भने श्रेष्ठलाई अध्यक्षबाट हटाएको विषयलाई वैधानिक बनाउन निर्वाचन आयोगसँग छलफल गरिरहेका छन् । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न निवास पुगेका थिए ।

Previous Post

पेट्रोलको मूल्य घट्यो, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो

Next Post

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

Next Post

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन