• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारले प्रदान गरेको सहुलियतपूर्ण कर्जा दुरुपयोग !

नीतिप्रेस by नीतिप्रेस
August 6, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारले कृषिसहित विभिन्न क्षेत्रमा प्रदान गरेको सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

सहुलियतपूर्ण कर्जामध्ये २२ प्रतिशत नियमविपरीतको क्षेत्रमा प्रवाह भएको भन्दै उनले त्यस्ता खाले कर्जामध्ये १६ प्रतिशत दोहोरिएको, ११ प्रतिशतमात्र लक्षित वर्गमा पुगेको र त्यसमा पनि नौ प्रतिशत दुरुपयोग भएको स्पष्ट पारे ।

पोखरा उद्योग वाणिज्य संघ र पृथ्वीनारायण क्याम्पसको अर्थशास्त्र विभागले पोखरामा आयोजना गरेको ‘शैक्षिक संस्था-उद्योग संवाद’ श्रृंखलाअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिबारेको अन्तक्र्रियामा मुल्मीले यस्तो बताएका हुन् ।

‘राज्यले सहुलियतपूर्ण कर्जामा अनुदान प्रदान गरेको छ, त्यो राज्यकोषबाट जान्छ र जनताले तिरेको करको हिस्सा हो’, मुल्मीले भने, ‘राज्यकोषको दोहन हुँदा राज्य र नियमनकारी निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन ।’

मौद्रिक नीति आफैमा गलत नहुने र यस पटकको नीति केही उदारपूर्ण रहेको भन्दै उनले पाँच प्रतिशतभित्र नै मुद्रास्फिति कायम गर्नु चाहिँ चुनौतीपूर्ण नै भएको बताए ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएकाहरु कालोसूचीमा पर्दै जानु राम्रो संकेत नभएको अर्थशास्त्रका ज्ञाता मुल्मीले बताए । गत आर्थिक वर्षको असार मसान्तसम्म करिब ५३ हजार आठ सय जना कालोसूचीमा परेका छन् र त्यसमध्ये गण्डकी प्रदेशका करिब ११ प्रतिशत छन् । 

‘कालोसूचीमा परेकामध्ये केही कर्जा तिर्न सक्ने तर अन्यत्रै लगानी गर्नेछन्, मध्यम र साना व्यवसायी पनि यो सूचीमा रहेकै छन्, अर्थतन्त्रको आधार मानिने साना र मझौला व्यवसायीको संख्या बढ्नु राम्रो हुँदैन’, उनले भने, ‘कालोसूचीमा पर्नेमध्ये १३ हजार आठ सय त बैंकिङ कसूरकै छन्, त्यसमा पनि आठ हजार काठमाडौं उपत्यकाभित्र बस्ने छन्, गण्डकीको संख्या दुई सय ९४ छ ।’

उनले देशका बैंक तथा वित्तीय संस्थामा जम्मा हुने निक्षेपमध्ये आठ प्रतिशत गण्डकीबाट प्राप्त हुने गरेको तर लगानीको दृष्टिले भने गण्डकी पछि नै रहनुलाई पनि निको मान्न नहुने बताए ।

‘यहाँ जम्माजम्मी ७दशमलव२५ प्रतिशत कर्जा प्रवाह भएको छ, हामीले किन कर्जा लिन सकेनौँ ? कर्जा प्रवाह हुनु भनेको उत्पादकत्व बढ्नु र रोजगारी सिर्जना हुनु् हो, यो विषयमा बहस गर्ने कि नगर्ने ?’, उनले प्रश्न गरे ।

उनले कर्णाली र काठमाडौंमा प्रवाह गरिने कर्जामा एउटै खालको ब्याजदर उचित हो कि हैन भन्नेबारे बहस गर्ने बेला भएको पनि बताए ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक दीपकराज लामिछानेले अहिलेको मौद्रिक नीति उदार र अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित आएको बताउँदै दिल खोलेर लगानी गर्न उद्योगी/व्यवसायीसँग आग्रह गरे । 

‘अहिले अर्थतन्त्रका सबै सूचक राम्रा छन्, सस्तो ब्याजमा कर्जा प्रवाह भएको छ, यो लगानीको लागि पर्ख र हेरको समय हैन, तत्काल लगानी गर्ने बेला हो’, उनले भने, ‘हामीले जनतालाई केन्द्रमा राखेर नै मौद्रिक नीति ल्याएका हौँ ।’

उनले घरजग्गा कारोबार र शेयर बजारलाई केही सहुलियत दिइए पनि त्यसले अर्थतन्त्र नडग्मगाउने जिकिर गरे । उनले थपे, ‘यो सजगतापूर्वक ल्याइएको लचिलो मौद्रिक नीति हो र न्यून-मध्यम आय भएका नागरिकको जीवनस्तर उकास्ने पनि यसको लक्ष्य छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मौद्रिक नीति निजी क्षेत्रलाई उत्साहित बनाउन तथा सुस्ताएको आन्तरिक बजारलाई चलायमान बनाउनेतर्फ केन्द्रीत भए पनि बजार चलायमान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले भने, ‘बजार किन सुस्ताएको छ भन्नेतर्फ आँखा लगाउँदा सहकारी र लघुवित्त क्षेत्रमा देखिएको अनियमितता र यसले खल्बल्याएको सानो पूँजी निर्माण तथा परिचालन प्रक्रियालाई अद्यावधिक गरिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

उनले भने, ‘अर्थतन्त्रलाई बाह्य क्षेत्रले भरथेग गरिरहेको अवस्थामा आन्तरिक बजार किन कमजोर छ भन्ने तथ्यमा टेकेर बजार चलायनमा तुल्याउने, उत्पादन र उपभोग दुवै बढाउने नीति अख्तियार नगर्दासम्म अर्थतन्त्रमा तात्विक सुधार आउँदैन ।’

उनले ब्याजदर न्यून बिन्दुमा हुँदा पनि किन कर्जा प्रवाह भएन भन्ने तथ्यप्रति नेपाल राष्ट्र बैंकले नजर लगाउनुपर्ने, घरजग्गा कारोबार किन माथि उठेन भन्नेबारे नयाँ ढंगले अध्ययन गर्नुपर्ने र बचतको पनि ब्याज घट्दा सो रकम अनौपचारिक अर्थतन्त्रतर्फ सोहोरिन्छ कि भन्नेबारे सचेत हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष कार्कीले कृषि, लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गर्न ल्याइएको नीति कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी व्यवस्था अनुरुप निर्देशन दिनुपर्नेमा जोड दिए ।

पृथ्वीनारायण क्याम्पस अर्थशास्त्र विभागका पूर्वप्रमुख प्राडा लेखनाथ भट्टराईले नेपालको अर्थतन्त्र जोगाउने काम मौद्रिक नीतिले गर्दै आइरहेको बताए । उनले अहिलेको मौद्रिक नीति उत्साह बढाउने खालको नै भएको भन्दै बढ्दो महंगी नियन्त्रणमा भने नीति सफल हुन्छ कि हुँदैन भन्ने आशंका रहेको बताए ।

पृथ्वीनारायण क्याम्पस अर्थशास्त्र विभागका प्रमुख सहप्राध्यापक कमल ढकालले ज्ञान निर्माणका माध्यमबाट राज्यका नीति जनमुखी बन्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम, सदस्य पृथ्वीराज तिमिल्सिना, नेपाल व्यवस्थापन संघ कास्की अध्यक्ष वीरबहादुर कार्की, प्राध्यापक कुञ्जराज थापा, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वक्याम्पस प्रमुख गेहेन्देश्वर कोइराला, बैंकर्स एसोसिएसन गण्डकीका संयोजक हरि ढकाल, पोखरा च्याम्बर अफ कमर्सका कोषाध्यक्ष जीवन ढुंगाना, प्राध्यापक बुद्धिसागर बराल, हार्डवयेर व्यवसायी टंक बराल, युवा उद्यमी मञ्च नेपालका पूर्वअध्यक्ष प्रकाशदेव पालिखे, पोखरा चेम्बर अफ कमर्सका सदस्य श्रीराम गौतम, पुस्तक तथा स्टेसनरी व्यवसायी प्रकाश पौडेल, पृथ्वीनारायण क्याम्पसकी अर्थशास्त्रकी विद्यार्थी अन्जु गिरीलगायतले  युवा पलायन बढेको बेला यहीँ केही गरौँ भन्ने उत्साह कसरी बढाउनेतर्फ नीतिगत रुपले नै विचार गर्नुपर्नेमा जोड दिएका थिए ।

Previous Post

पोखरा महानगरपालिकाको नगर ऊर्जा योजना सार्वजनिक, दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम : प्रमुख आचार्य

Next Post

मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ?

Next Post

मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन