• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी मेडिकल कलेजको आधारभूत सर्जिकल कार्यशाला सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
August 8, 2025
in कास्की, गण्डकी प्रदेश, स्याङ्जा खबर, स्वास्थ्य
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) ले आयोजना गरेको छैटाैँ आधारभूत सर्जिकल कार्यशाला बिहीबार सम्पन्न भएको छ । दुइ दिन चलेकाे कार्यक्रममा १८ जना एमडीका विद्यार्थी सहभागी थिए ।

सहभागीलाई सर्जिकलका दौरान प्रयोग हुने विभिन्न सामग्री, प्रयोग विधि, पुनः प्रयोग हुने विभिन्न सामग्रीको शुद्धीकरणबारे जानकारी गराइएको जीएमसीका एसोसियट प्रोफेसर एवं हाडजोर्नी विशेषज्ञ रविमोहन ढकालले जानकारी दिए । 

उनका अनुसार सर्जरीसँग सम्बन्धित विज्ञमार्फत एमडी र पीजीका विद्यार्थीलाई शल्यक्रियाको तयारी, चिरफार र सिलाईसम्बन्धी आधारभूत ज्ञान दिइएको हो ।

कार्यशालामा सहभागी विद्यार्थीले आगामी दिनमा स्तरीय सेवा दिनसक्ने यसबाट बिरामीलेसमेत विशेषज्ञ सेवा लिन सक्ने कार्यक्रम संयोजक डा. ढकालको विश्वास छ । 

‘कार्यशालाबाट प्राप्त ज्ञानले उहाँहरुलाई भावी दिनमा टप सर्जन बन्न सहयोग पुग्ने छ’, ढकालले भने ।

कार्यशालामा सहभागी डा. जभा खातुनले शल्यक्रियाबारे विविध ज्ञान लिने अवसर प्राप्त भएको बताइन् ।

‘एमबीबीएसमा प्राप्त ज्ञानलाई आज थप निखार्ने मौका पायौं’, खातुनले भनिन्, ‘सर्जिकलका आधारभूत ज्ञानले हामीलाई भोलिका दिनमा सर्जन बनाउन सक्ने विश्वास पलाएको छ ।’ 

डा. आरोग्य पौडेलले विशेषज्ञ प्रोफेसरले हातै समातेर शल्यक्रियामा प्रयोग हुने विभिन्न सामग्रीको प्रयोग गर्न सिकाएको प्रतिक्रिया दिए ।

जनावरका भिन्न अंगमा चिरफार गरी शल्यक्रियाको चरण पार गरेको अनुभव रोमाञ्चकारी र विशेष भएको पौडेलले अनुभव सुनाए । 

गुणस्तरीय शिक्षामा प्रतिबद्ध जीएमसीको शिक्षण अस्पतालमा पछिल्लो समय न्यूरोसर्जरीको सेवा लिने बिरामीको संख्या ह्वात्तै बढेको छ । 

देशका विभिन्न जिल्लाबाट आएर उपचार गराउने बिरामी त छन् नै भारतबाट जीएमसी आइपुग्नेको संख्यामा समेत बढोत्तरी भएको बताइन्छ ।

Previous Post

गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध

Next Post

रत्नमायाले जनताको हक अधिकारका लागि गरेको योगदान चिर स्मरणीय रहन्छः केसी

Next Post

रत्नमायाले जनताको हक अधिकारका लागि गरेको योगदान चिर स्मरणीय रहन्छः केसी

Comments 1

  1. user325366 says:
    8 months ago

    Nice post! 1754795521

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन