• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको ७२ औं वार्षिकोत्सव सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित 

नीतिप्रेस by नीतिप्रेस
August 18, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय शिक्षाको लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए। उनले यस विद्यालयले शैक्षिक तथा भौतिक विकासमा गरेको प्रगति लोभलाग्दो भएको बताउँदै, विद्यालय यस क्षेत्रकै शैक्षिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे। प्रधानाध्यापक केशवप्रसाद अम्गाईले विद्यालयको प्रतिवेदन पेश गर्दै माध्यमिक शिक्षा परीक्षामा औषत जिपिए ३ दशमलव ६ भन्दा माथि बनाउनका लागि पुर्व प्राथमिक तहलाई मन्टेश्वरीको अवधारणामा लगिने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले समितिले सभाहल निर्माण, विद्यालयको बस थप र छुट जग्गा दर्ता प्रक्रिया शुरु गरेको जनाए । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका सल्लाहकार शोभा मोहन पौडेल, महेन्द्र मावि घार्मीका प्र अ बासुदेव पौडेल,नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष ई दिनेश भण्डारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री लगायतले शैक्षिक गतिविधिका बारेमा बोलेका थिए। कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकको रूपमा मावि शिक्षक सन्तोष आचार्य सम्मानित भए। त्यस्तै सहायक प्रअ बलबहादुर श्रेष्ठ, शिक्षक पदम कुमारी अधिकारी, कमला पौडेल,सिर्जना थापा, बालकुमारी रसाइली र कार्यालय सहयोगी नारायण गौतमलाई पनि सम्मान गरियो। 

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने मिसन भुजेललाई नगद २५ हजार प्रदान गरिनुका साथै  कक्षा १० मा अध्यापन गराउनु शिक्षकहरू वलबहादुर श्रेष्ठ, धनकुमार श्रेष्ठ,सीता पौडेल गीता कुमारी शर्मा, सन्तोष आचार्य,दीपक गौतम,दीपक आचार्य,स्वामी श्रेष्ठ,रिता अधिकारीलाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई प्रमुख अतिथि आचार्य, ईकाइका प्रमुख लोकनाथ आचार्य, वडाध्यक्षद्वय पुष्पेन्द्र पाण्डे, अमृत शर्मा तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापा, सदस्य चित्रबहादुर थापा, गोविन्द  थापा लगायतले सम्मान गरे ।

सो अवसरमा विभिन्न समितिका संयोजक  एवं सदस्यलाई सम्मान गरिएको थियो। विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई वर्ष २०८१को शैक्षिक पुरस्कार तथा विभिन्न छात्रवृत्ति प्रदान गर्यो। विभिन्न सांस्कृतिक नृत्य, भजन तथा झाँकी प्रदर्शन गरिएको कार्यक्रमको सञ्चालन शिक्षक सीता पौडेलले गरेकी थिइन्।

करिव एक हजार विद्यार्थी अध्ययनरत विद्यालयले आगामी ३ वर्ष भित्र २ हजार विद्यार्थी पुर्याउने गरी अभियान सञ्चालन गरेको छ। 

Previous Post

माझठानामा बास्तोला वन्दुको सामुहिक दर खाने कार्यक्रम

Next Post

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी तिव्र, हम्काईलो भाका संरक्षण गर्नुपर्नेमा जोड

Next Post

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी तिव्र, हम्काईलो भाका संरक्षण गर्नुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन