• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ

नीतिप्रेस by नीतिप्रेस
August 19, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।


मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताउनु भयो । बासमति धान नेपालको रैथानी बाली भएपनि हाल यसको प्याटन राईट्स भने भारतले लिएको उहाँले बताउनु भयो । बासमति धानको प्याटन राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उहाँको भनाई छ । यी लोपन्मुख चिजहरुलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो अधिकार दाबी गर्नको लागि पनि हुलाक टिकटहरुको महत्वपूर्ण भुमिका हुने उहाँले बताउनु भयो । लोप हुन लागेका वस्तुहरुको नाममा अब सरकारले हुलाक टिकट छाप्ने उहाँले जानकारी दिनुभयो ।  
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा एकदमै लोप हुन लागेको चिजहरु हुन्छ नी । वनस्पति होला, जनावरहरु होला, पशुपंक्षीहरु होला । हाम्रो रैथाने बालीनालीका कुराहरु त्यो पनि अहिलेको जरुरी छ के, हाम्रो सम्पति अधिकार रक्षा गर्ने काममा हुलाक टिकटको एकदमै महत्वपुर्ण भुमिका हुन्छ । बासमती धान खासमा हाम्रो हो, तर बासमति धानको प्याटन राईट्स चाँही भारतले लिईसक्यो । त्यो प्याटन राईट्सबाट जति पैसा आउँछ, त्यो भारतले पाउँछ, नेपालले पाउँदैन । हाम्रो बेसारको कुरा होला बेसारको प्याटन राईट्स । धानमा पनि झिनुवा धान भन्ने हुन्छ, विभिन्न प्रकारका एक्ले धान छ होला । हाम्रो एक्ले फाँट भन्ने कति छ, कति । त्यस्तो चिजहरु चाहीँ संरक्षण गर्ने महत्वपूर्ण ठाउँ यो हुलाक टिकट पनि हो । लोप हुन बाट जोगाउने या आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रश्तुत गर्नको लागि पनि यस्तो टिकटहरुको महत्वपूर्ण भुमिका हुन्छ ।’  


सञ्चारमन्त्री गुरुङले देशमा योगदान दिने व्यक्तिहरुको नाममा पनि खोजी खोजी हुलाक टिकट छाप्ने बताउनु भयो । विभिन्न मोर्चाहरु कुटनीतिक, लडाईं र प्रशासनिक मोर्चाहरुमा सहभागी भएर देश र जनताको पक्षमा लाग्ने व्यक्तिहरुको हुलाक टिकट प्रकाशन गर्ने उहाँको भनाई छ । उहाँले हामो भूमी जोगाउनको लागि पूर्खाहरुले लडार्इं गरेको बताउनु भयो । पूर्खाहरुले लडाईं लडेर  जोगाएको भूमी पनि अहिलेसम्म पाउन नसकेको उहाँको भनाई छ ।  
उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले हाम्रो भुगोल पुरा गर्न पाएका छैनौँ । अहिलेसम्म हाम्रो भूगोल मिचिएको भनेकै छौँ, हामीले । हाम्रा पूर्वजहरुले जोगाएको भूमी पनि अहिले हामीले पूर्ण रुपमा पाउन सकेका छैनौँ । हामी त्यही अभियानमा छौँ, त्यो कति ठूलो महत्वपूर्ण योगदान रहेछ उहाँहरुको । विभिन्न मोर्चाहरुमा, कुटनीतिक मोर्चा होस्, या लडाईंको मोर्चा या प्रशासनिक मोर्चाहरुमा त्यो बेलाको राजा महाराजा जो शासक प्रणाली थियो, त्यसमा रहेर देश र जनताको पक्षमा लाग्ने सपुतहरुको के उहाँहरु भनेको । त्यस्तो व्यक्तिहरुको त म खोजी खोजी हुलाक टिकट प्रकाशन गर्छु ।’


कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीमबहादुर पाँडेको देशभक्ति र देश विकासमा रहेको योगदानको कदर गर्दै सरकारले उहाँको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते भीमबहादर पाँडेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । सरदार भीमबहादुर पाँडे कुसल प्रसाशक, अर्थशास्त्री तथा लेखक समेत हुनुहुन्थ्यो । 

Previous Post

गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’

Next Post

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः पुष्पकमल दाहाल

Next Post

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः पुष्पकमल दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन