बांग्लादेश मेडिकल युनिभर्सिटीमा बांग्लादेश को पहिलो रोबोटिक पुनर्वास केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । बंगलादेशका लागि चिनियाँ राजदुत याओ वेन, बांग्लादेशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सल्लाहकार नुरजहाँ बेगम र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका प्रमुख सल्लाहकारका विशेष सहायक सयदुर रहमान उद्घाटन समारोहमा उपस्थित अतिथिहरूमध्ये थिए ।
स्वास्थ्य सेवा राष्ट्रिय अर्थतन्त्र र जनताको जीविकोपार्जनको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै याओले यो केन्द्रले स्वास्थ्य क्षेत्रमा चीन–बांग्लादेश सहयोगमा कोसेढुङ्गाको रूपमा काम गर्ने बताउनु भयो । चीन स्वास्थ्य सेवामा बंगलादेशसँगको सहकार्यलाई अझ गहिरो बनाउन तयार रहेको बताउनु भयो ।
अधिकारीहरूले भने कि रोबोटिक केन्द्रले स्ट्रोक, पक्षाघात, स्नायु विकार, दीर्घकालीन दुखाइ, स्नायुमा चोटपटक, जमेको काँध, आघात–सम्बन्धित जटिलताहरू, र गहन पुनर्वास आवश्यक पर्ने अन्य शारीरिक कमजोरीहरूबाट निको हुने बिरामीहरूलाई फाइदा पुयाउने अपेक्षा गरिएको छ ।
<— अरु अन्तर्राष्ट्रिय समाचार —>




सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com