• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्दै

नीतिप्रेस by नीतिप्रेस
September 15, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको
0
नेपाल राष्ट्र बैंक Building photo
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्र बैंक लगानी समाचार

नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड  लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो ।राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड राख्नेछ । त्यस्तै ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख राख्दैछ भने ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६५ करोड राख्दैछ ।उक्त रकम ३६६ दिनका लागि बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेपका रुपमा राख्न सक्नेछन् ।

त्यसका लागि असोज ५ गतेदेखि २०८३ असोज ५ सम्मका लागि राष्ट्र बैंकले उक्त रकम मुद्दति खातामा राख्न चाहेको र मुद्दति राख्न चाहने बैंकलाई भदौँ ३१ गते भित्रै प्रश्ताव पेश गर्न बैंकहरुलाई राष्ट्र भनेको छ ।निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्युनतम सीमा ३ प्रतिशत कायम गरेको हुनुपर्ने शर्त तोकिएको छ । यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकको पैसा राख्ने बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउनुपर्नेछ । कोषको रकम लगानी गरी आर्जन हुने त्रैमासिक ब्याज वापतको रकम त्रयमास सकिएको भोलीपल्ट (कात्तिक, माघ, वैशाख र साउन महिनाको १ गतेका दिन वा उक्त दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको दिन) तथा लगानी परिपक्व भएमा लगानी गरिएको सावाँ र बाँकी अवधिको व्याज रकम नेपाल राष्ट्र बैंक, बैंकिङ विभागमा रहेको बैंकको वित्तीय संस्थाको खाता स्वतः खर्च गरी असुल गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार उक्त समयमा खातामा आवश्यक मौज्दात कायम रहेको हुनुपर्नेछ ।

 

Previous Post

लोकतन्त्र र संविधानको रक्षाका लागि बुटवलमा प्रदर्शन

Next Post

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

Next Post
सुशिला कार्की

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन