• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

नीतिप्रेस by नीतिप्रेस
September 16, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।


मंगलवार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम शुरु भईसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । उहाँले दशैंका लागि घर जानेहरुले ३४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । 
अध्यक्ष स्वाँरले भन्नुभयो, ‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौ ।

किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै विदा भईसके । त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरु लगायतका पब्लिक करिव ५० हजार मानिसहरु गाेंगवु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ । त्यो हुनाले अव अग्रिम बुकिङ आवश्यक छैन । दशैंका लागि विशेष बुकिङ हुँदैन । ३—४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं । अव टिकट पाइदैने भनेर भिड गरेर जानुपर्ने अवस्था छैन । जानु भन्दा २÷४ दिन अगाडि गएर टिकट लिएर अगाडि बढने काम गरौं । सडक कतिपय ठाउँमा विग्रका छन । सडक विभाग लगायतको निकाय बसेर हामीले सडकलाई सहज बनाएर जाने र बढि भन्दा बढि गाडी उपत्यकामा उपलब्ध गराएर र त्यतिले पनि पुगेन भने काठमाडौंको लोकल गाडीलाई पनि म्यानेज गरेर पठाउँछौं ।’यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पु¥याउने गरी संवद्ध सबै पक्षसँग छलफल गरिएको बताउनु भयो । उहाँले यात्रुहरुको सहज रुपमा गन्तव्यमा पु¥याउने कुरामा कुनै कमी हुन नदिने पनि बताउनु भयो । 


महानिर्देशक पोखरेलले भन्नुभयो, ‘हामीले चाडबाड केन्द्रिय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरु सबै बसेर अव हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरुलाई सहज रुपमा कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने, सडक सुशासन कायम गर्ने ? भन्ने विषयमा छलफल गरेका हौ । त्यसमा हामीले विभिन्न कुराहरु छलफल गरेका छौं । त्यसको निर्णय गर्छौ । र तुरुन्तै कार्यान्वयनमा लैजान्छौं । यसलाई सहजीकरण गर्छाैँ ।बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैँमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाई सकेको बताउनु भयो । उहाँले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिनुभयो ।


एसएसपी रजौरेले भन्नुभयो, ‘यात्रुलाई कुनै पनि किसिमको ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाही गर्छ । यात्रुलाई गन्तव्यमा लैजाने असल नियत हुनु प¥यो । यही बेला कमाउने मौका हो भन्ने सोच राख्नु भएन । यही बेला हो ठग्ने भन्ने हो भने हामीले त्यस्तालाई सर्पोट गर्न सक्दैनौं । हामी नागरिक सहायता कक्षमा सँगै हुन्छौं । यातायातको सुरक्षित ढंगले संचालन गराउनैछौं । यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पु¥याउने कुरामा हामी कटिवद्ध छौं ।’ प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताउनु भयो ।

Previous Post

सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

Next Post

आज विश्वकर्मा पूजा

Next Post

आज विश्वकर्मा पूजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन